कृषि सञ्जाल संयोजकमा ढुंगाना

समाधान संवाददाता २०७९ भदौ ९ गते १७:२१

लेखनाथ ।
पोखरा महानगरपालिका वडा नं. २६ मा बिहीबार भएको कृषकहरुको भेलाले केशवराज ढुंगानाको संयोजकत्वमा कृषि संजाल गठन भएको छ । सञ्जालको सहसंयोजकमा देवी ढुंगाना, सचिवमा इश्वरराज भण्डारी, सहसचिवमा सावित्री ढकाल तिवारी र कोषाध्यक्षमा कमल रानाभाट रहेका छन् ।

सञ्जालको सदस्यमा इश्वरीप्रसाद अधिकारी, टंकप्रसाद सिग्देल, सञ्जिव राजभाट, बिष्णुमाया बस्ताकोटी, डेटप्रसाद पनेरु, सूर्यप्रसाद बंजरा, प्रमोद थापा, बलराम सापकोटा, पदमबहादुर बिक, सागर बराल, बद्रीनाथ भण्डारी, धरणीधर बराल, चित्रमाया पोखरेल अधिकारी, बेलकुमारी न्यौपाने, सुकुमाया राजभाट र इन्द्र सुवेदी छन् ।

पोखरा २६ का वडाध्यक्ष नरेन्द्र थापाले कृषिका लागि प्राप्त हुने अनुदान लक्षित वर्गमा नपुगेको गुनासो आएको बताउँदै, सचेत हुन आग्रह गरे । अध्यक्ष थापाले प्रविधिको प्रयोग गरी उत्पादनको बृद्धिमा जोड दिनुपर्ने बताए । कार्यक्रममा पोखरा महानगरपालिकाका कृषि महाशाखा प्रमुख मनोहर कडरियाले सूचनाको अभावमा बास्तबिक कृषक अनुदानको पहुँच भन्दा बाहिर पुगेको उल्लेख गर्दै, सञ्जालले सवैलाई जोड्न आग्रह गरे ।

Advertisement

सञ्जालका अध्यक्ष धर्मदत्त पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा वडा सदस्य तिर्थबहादुर राजभाट, सुदिपराज ढुंगाना, स्थानीय समाजसेवी हरिप्रसाद अधिकारी, वडा सचिव मिना भट्टराई भण्डारी, वडाका कर्मचारी लिलामणि भण्डारी, नवराज सापकोटा र नवनिर्वाचत संयोजक केशवराज ढुंगाना लगायतले मन्तव्य राखेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया