पाेखरा पर्यटन परिषद अध्यक्षमा पाेमनारायण विजयी
समाधान संवाददाता
२०७९ भदौ ९ गते १८:५२

पाेखरा ।
पाेखराका पर्यटन व्यवसायीहरुकाे छाता संगठन पाेखरा पर्यटन परिषदकाे अध्यक्षमा पाेमनारायण श्रेष्ठ विजयी भएका छन् ।
परिषदकाे नयाँ नेतृत्व चयन गर्ने गरी विहीबार सम्पन्न १२ औं अधिवेशनमा अध्यक्षका प्रत्यासी पाेमनारायणले अर्का प्रत्यासी रामचन्द्र शर्माले भन्दा दाेब्बर मत पाएर विजयी बने । पाेमनारायणले २८ मत पाउदा भने रामचन्द्रले १४ मत पाए ।
पाेमनारायण निर्वतमान कार्य समितिमा उपाध्यक्ष थिए भने रामचन्द्र महासचिव थिए । अधिवेशनमा पर्यटन सम्बद्ध विभिन्न व्यवसायिक सस्थाका ४२ जना प्रतिनिधि सहभागी थिए ।
६ सदस्य रहने परिषद्मा कृष्णप्रसाद काफ्ले, तारानाथ पहारी, कृष्ण भण्डारी, जीवनराज सापकोटा, बबरजंग गुरुङ र निमबहादुर मगर निर्विरोध भएका थिए ।
सम्बन्धित







पश्चिमाञ्चल माविमा लायन्स क्लबद्वारा ‘पिस पोस्टर कन्टेस्ट’
गण्डकी प्रदेश अन्तरगतका सहकारीबाट साढे ५ अर्ब हिनामिना
भैरव मन्दिरमा कात्तिक २६ गतेबाट दर्शन र पूजा सुरु हुने
एनसेलमा ‘डेटासँगै जीवन बिमा’ योजना
कास्की सार्दिखोला समाज, कतारद्वारा माछापुच्छ्रे माविमा छात्रवृत्ति वितरण
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
जेन–जी आन्दोलनको आगलागीपछि पनि कास्की मालपोतमा ९ क्षेत्रका स्रेस्ता सुरक्षित
तपाईको प्रतिक्रिया