मौलिक तीजगीतमा सपना पहिलो

समाधान संवाददाता २०७९ भदौ १० गते ११:३४

पोखरा ।
हरितालिका तीज पर्वको अवसरमा राष्ट्रिय लोक तथा दोहोरीगीत प्रतिष्ठान नेपाल गण्डकी प्रदेश समितिले एकल मौलिक तीजगीत प्रतियोगिता गरेको छ । प्रतियोगितामा नवलपुरकी सपना परियार प्रथम भई नगद १० हजार पुरस्कार हात पारेकी छिन् ।

प्रतियोगितामा कास्कीकी मधु चापागाई द्वितीय, गोरखाकी सुनिमा गुरुङ तृतीय, तनँहुकी मधु थापामगरले सान्त्वना भएर क्रमशः ७ हजार, ५ हजार र ३ हजार नगद र प्रमाणपत्र पाएको प्रतिष्ठान गण्डकी अध्यक्ष सुरेन्द्र गुरुङले जानकारी दिए । प्रतियोगितामा नवीना सुनाम उत्कृष्ट गायिकाको रुपमा १ हजार १ सय र प्रमाणपत्र हात पारिन् । प्रतियोगितामा १४ गायिकाले भाग लिएका थिए ।

प्रतियोगिताको निर्णायक संयोजकमा शान्ति गुरुङ, निर्णायकमा सरला पाण्डे र माया गुरुङ थिए । कार्यक्रममा अग्रज दोहोरी गायिका सीता केसीलाई स्रष्टा सम्मान २०७९बाट सम्मान गरिएको छ । राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपालका कार्यवाहक अध्यक्ष रीता थापामगरले मौलिक तीज गीत प्रतियोगिताले तीजको नाममा हुने विकृति र विसंगतिलाई रोक्न सहयोग पुग्ने बताइन् ।

Advertisement

कार्यक्रममा प्रतिष्ठानका केन्द्रीय सल्लाहकार पूर्णबहादुर ह्योल्मो, प्रतिष्ठानका केन्द्रीय सचिव जीवन दाहाल, निर्णायक संयोजक शान्ति गुरुङ, प्रतिष्ठान गण्डकीका अध्यक्ष सुरेन्द्र गुरुङ, महिला उपाध्यक्ष माया गुरुङ, महिला सचिव मञ्जु विक, सहसचिव ज्योति लोहनी लगायतले मौलिक तीजगीतका बारेमा प्रकाश पारेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया