ड्यामसाइडमा नेवाः दरबार संचालन

समाधान संवाददाता २०७९ भदौ १० गते १७:०४

पोखरा ।
पोखराको ड्यामसाइडमा ५ जना युवा व्यवसायीहरुले १ करोडको लगानीमा नेवाः दरबार रेष्टुरेन्ट संचालनमा ल्याएका छन् ।
वीरेन्द्र श्रेष्ठ, अर्जुनप्रसाद मैनाली, परशुराम चौधरी, नरेश महर्जन र फेसल रफर मिलेर रेष्टुरेन्ट संचालनमा ल्याएका हुन् । रेष्टुरेन्टमा नेवारी परिकारका अलावा कास्मिरी खानाका परिकारहरु पाइन्छन् ।

काठमाडौंमा पाइने नेवारी टेस्ट पोखरामै उपलब्ध गराउने उद्देश्यले आफूहरुले रेष्टुरेन्ट संचालनमा ल्याएको संचालक वीरेन्द्र श्रेष्ठले जानकारी दिए । न्युनतम मूल्यमा स्वाथ्यवद्र्धक खाना उपलब्ध गराइने उनीहरुको दाबी छ । रेष्टुरेन्टमा एकपटकमा १ सय जना सम्मलाई सेवा दिन सकिने छ । रेष्टुरेन्टमा ११ जना रोजगाररत रहेको अर्का संचालक अर्जुनप्रसाद मैनालीले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया