पत्रकार धौलागिरीलाई खानेपानी तथा सरसफाई पत्रकारिता सम्मान

समाधान संवाददाता २०७९ भदौ १० गते १७:०८

पोखरा ।
पत्रकार विनोद धौलागिरीलाई खानेपानी तथा सरसफाई पत्रकारिता सम्मान प्रदान गरिएको छ । नेपाल खानेपानी तथा सरसफाई उभोक्ता महासंघले धौलागिरीलाई शुक्रवार उक्त सम्मान प्रदान गरेको हो ।

खानेपानी सरससफाई प्रवद्र्धन विधामा कलम चलाउने पत्रकारलाई हरेक वर्ष उक्त सम्मान प्रदान गरिने महासंघका अध्यक्ष राजेन्द्र अर्यालले बताए । खानेपानी तथा सरसफाई प्रवद्र्धनको क्रममा जनकपुरबाट बिराटनगर जाने क्रममा बस दुर्घटनामा परी बिराटनगरको नोवेल मेडिकल कलेजमा उपचार गराईरहेका धौलागिरीकी छोरी आकाँक्षा शर्माले काठमाडौंमा उक्त सम्मान ग्रहण गरेकी थिईन् ।

वागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र पाण्डेले नगद पाँच हजार सहित सम्मान पत्र शर्मालाई हस्तान्तरण गरेका थिए । ५० को दशकदेखि फोटो मार्फत पत्रकारिता शुरु गरेका धौलागिरी पोखराको आदर्श समाज माईक्रो न्युज, माछापुछ्रे एफएम, अन्नपूर्ण एफएम लगायतका सञ्चार माध्यममा काम गरेको अनुभव छ । यसका अलावा उनले स्वतन्त्र लेखन पनि गरिरहेका छन् ।
पछिल्लो समय उनी खानेपानी तथा सरसफाई सम्बन्धि साम्रगी दिने वासखबर डट कमका सल्लाहकार सम्पादकको भुमिकामा छन् ।

Advertisement

छापा, रेडियो, टेलिभिजन र अनलाईन सञ्चार माध्यममा कार्यरत चार जना पत्रकारलाई उक्त सम्मान हरेक वर्ष प्रदान गरिने अध्यक्ष अर्यालले बताए । धौलागिरीलाई अनलाईन तर्फबाट सम्मानित गरिएको हो । हरेक वर्षको साउनदेखि अर्को वर्षको असार सम्म खानेपानी तथा सरसफाईसँग सम्बन्धित रहेर प्रकाशित तथा प्रशारित सामग्रीको सँख्याको आधारमा उक्त सम्मान प्रदान गरिने अर्यालको भनाई छ ।

Advertisement

तपाईको प्रतिक्रिया