ग्रीन डेभलपमेण्ट बैंक दशौं वर्षमा

समाधान संवाददाता २०७९ भदौ १० गते १७:४४

पोखरा ।
ग्रीन डेभलपमेण्ट बैंकले दशौं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा बैंकले पोखरा २८ स्थित वनपाले सामुदायिक वन उपभोक्ता समूहमा वृक्षरोपण कार्यक्रम, केन्द्रीय कार्यालयमा रक्तदान कार्यक्रम र वागलुङ्ग जिल्लाको हनुमान नाच संरक्षण परिषद तथा रङ्कबैंकटेश्वर मुक्तिनारायण मन्दिरलाई आर्थिक सहयोग गरेको छ ।

रक्त संचार केन्द्र, पोखराको प्राविधिक सहयोगमा बैंकको केन्द्रीय कार्यालय परिसरमा आयोजित रक्तदान कार्यक्रममा ४० पिन्ट रगत संकलन भएको बैंकका कर्जा विभाग प्रमुख संयुक्तवहादुर ध्वाखाले बताए । पोखरा २८ मा भएको वृक्षरोपण कार्यक्रम वडाध्यक्ष श्रीकृष्ण लामिछानेको प्रमुख आतित्यथा तथा सामुदायिक वनका अध्यक्ष मंगल नेपालीको अध्यक्षतामा सम्पन्न भएको थियो । तेजपात, कल्की, कपुर, पारिजात, अमला लगायतका अन्य बिरुवाहरु रोपिएको हो ।

कार्यक्रममा बोल्दै बैंकका कायम मुकायम प्रमुख कार्यकारी अधिकृत हरिबहादुर वुढाथोकीले बैंकले वित्तीय सेवा मात्र नभई सामाजिक उत्तरदायित्वका क्षेत्रमा समेत काम गर्ने गरेको बताए । कार्यक्रमका प्रमुख अतिथी वडाध्यक्ष लामिछानेले बैंकले वृक्षरोपण जस्तो पवित्र कार्यको लागि पोखरा २८ लाई छनौट गरेकोमा धन्यवाद ज्ञापन गरे ।

Advertisement

बैंकले सामाजिक उत्तरदायित्व शिर्षक अन्तर्गत बागलुङको हनुमान नाच संरक्षण परिषदलाई नगद ३५ हजार तथा बागलुङकै रङ्कबैंकटेश्वर मुक्तिनारायण मन्दिर कुँडुलेलाई २५ हजार आर्थिक सहयोग गरेको थियो । बैंकका अध्यक्ष गणेशकुमार श्रेष्ठले बैंकको व्यवसाय वृद्धीसँगै आफ्ना सामाजिक उत्तरदायित्वका कार्यहरुलाई समेत अगाडी बढाएको बताए । उनका अनुसार १६ वटा जिल्लामा रहेको शाखा कार्यालयमा १०० भन्दा बढि कर्मचारी कार्यरत छन् । कार्यक्रममा बैंकका संचालक कृष्णशंकर श्रेष्ठ र मनोविज्ञान श्रेष्ठको उपस्थिती थियो ।

बैंकले दशौं वार्षिकोत्सवको अवसरमा ५ वर्ष ९ महिनामा दोव्वर हुने मुद्धती योजना तथा १० वर्षमा दोव्वर र मासिक ६ प्रतिशत व्याज समेत प्राप्त हुने मुद्धती योजना सार्वजनिक गरेको छ । बैंकले १६ वटा शाखा कार्यालयबाट विभिन्न किसीमका आधुनिक बैंकिङ सुविधा, मोवाईल बैंकिङ, निशुल्क एटिएम कार्ड, कनेक्ट आईपिएस, सिआस्वा जस्ता सुविधाका साथै वचत तथा मुद्यती खातामा आकर्षक व्याजदर प्रदान गर्दै आएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया