दीपशिखा सामुदायिक पुस्तकालयमा चित्रकला प्रतियोगिता

समाधान संवाददाता २०७९ भदौ १२ गते ११:४५

पोखरा ।
१५ औं पुस्तकालय दिवसको अवसरमा पोखरा २९ मा रहेको दीपशिखा सामुदायिक पुस्तकालयले चित्रकला प्रतियोगिता गरेको छ । ‘पढौं, पढाऔंं, निरन्तर शिक्षाका लागि पुस्तकालय जाऔं’ भन्ने भएको पुस्तकालय दिवसको अवसरमा प्रतियोगिता भएको हो ।

प्रतियोगितामा लिटल फ्लावर एजुकेसनल एकेडेमी पोखरा २७ की अर्माली पौडेल प्रथम बनिन् । जनप्रकाश मावि पोखरा २९ का इपेश नेपाली दोस्रो तथा सिलसिला इङ्लिस स्कुल नगरचोकका सम्राट तामाङ, जनप्रकाशकी विज्ञाता बास्तोला र नेपाल पुलिस स्कुल बेलचौतारा तनहुँका प्रज्ज्वल पौैडेल चौथो भए ।

विजयीलाई पोखरा २९ की वडा सदस्य निर्मला पौडेल र कार्यक्रम संयोजक एवं पुस्तकालयकी कार्यसमिति सदस्य मीनकुमारी डल्लाकोटीले पुरस्कार वितरण गरे । कार्यक्रममा डल्लाकोटीले पुस्तकालय दिवसको महत्वबारे प्रकाश पारिन् । वडा सदस्य पौडेलले पुस्तकालयले बालबालिकाको सिर्जनात्मक क्षमता विकास गर्ने खालको कार्यक्रम गरेकोमा धन्यवाद दिइन् ।

Advertisement

चित्रकला प्रतियोगितामा १५ प्रतिस्पर्धी थिए । पुस्तकालयका अध्यक्ष कृष्णहरि भण्डारीको अध्यक्षतामा भएको कार्यक्रममा लेखनाथ उद्मोग वणिज्य संघका पूर्व अध्यक्ष बलराम ढकाल, पुस्तकालयका कार्यसमिति सदस्य विष्णुहरि पौडेल, धनु पहारी लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया