कांग्रेसमा उम्मेदवारका आकांक्षीको लर्काे

रिखिराम जिसी २०७९ भदौ १६ गते १०:३०

रिखिराम जिसी ।
पोखरा

आउँदो प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि कास्कीका प्रदेश सभा तथा प्रतिनिधि सभामा नेपाली नेपाली कांग्रेसमा उम्मेदवारका आकांक्षीको लर्काे लागेको छ । कांग्रेसबाट प्रतिनिधिसभातर्फ कास्कीका क्षेत्र नम्बर १ र ३ मा चुनाव लड्न चाहेकाको नाम बुधबार सार्वजनिक भएको छ । कास्की २ को बिहीबार बैठक बसी टुंगो लाग्दै छ ।

१ र ३ नम्बर क्षेत्रबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ २ सिटमा २६ जनाले नाम दर्ता गराएका छन् । समानुपातिकतर्फ पनि त्योभन्दा धेरैले आकांक्षा व्यक्त गरेका छन् । प्रतिनिधिसभातर्फ कास्की क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फ कांग्रेसबाट १७ जनाले चुनाव लड्ने आकांक्षा व्यक्त गरेको कास्की १ का क्षेत्रीय सचिव सरोज केसी जानकारी दिए ।

१ र ३ नम्बर क्षेत्रबाट प्रतिनिधिसभा प्रत्यक्षतर्फ २ सिटमा २६ जनाको आकांक्षा

Advertisement

क्षेत्र नम्बर १ मा नेपाली कांग्रेसबाट प्रत्यक्षतर्फ कृष्णबहादुर केसी, गुरुप्रसाद बराल, सुदीपमोहन भट्टराई, जीवन परियार, तिलकबहादुर रानाभाट, विश्व घिमिरे, वीरबहादुर बुढाथोकी, कृष्ण कार्की, रामबाबु भण्डारी, डा. दीपक सुवेदी, होमबहादुर बसेल विमल, सुनील गुरुङ, किशोरदत्त बराल, चतुराखर अधिकारी, सरस्वती गुरुङ, गगनकुमार थापा र यज्ञबहादुर थापाले चुनाव लड्ने आकांक्षा व्यक्त गरेका छन् ।

यो क्षेत्रको समानुपातिकतर्फ तारानाथ रानाभाट, सरस्वती गुरुङ, तीर्थ जंगली, राजकुमार गुरुङ, सूर्यप्रसाद भण्डारी, खलिल मियाँ, बिन्दु भण्डारी, इन्जिनियर रामबहादुर केसी र तर्कजंग गुरुङले उम्मेदवार बन्न नाम दर्ता गराएका छन् । प्रतिनिधिसभा ३ मा प्रत्यक्षतर्फ कांग्रेसबाट ९ जनाले आकांक्षा व्यक्त गरेको नेपाली कांग्रेस पूर्वमहाधिवेशन प्रतिनिधि राजबहादुर गुरुङले जानकारी दिए । मनोज गुरुङ, गंगाधर पराजुली, बाबुराम आचार्य, आसबहादुर गुरुङ, ललित गुरुङ, रामचन्द्र त्रिपाठी, पशुपति भट्टराई, दीपक गुरुङ र इन्जिनियर यमकृष्ण पौडेलले प्रत्यक्षतर्फ चुनाव लड्ने आकांक्षा जनाएका हुन् ।

Advertisement

उक्त निर्वाचन क्षेत्रमा समानुपतिकतर्फ महादेव गुरुङ, खिमलाल बास्तोला, गंगा केसी, शारदा पौडेल, खेमराज पौडेल, कृष्णकुमारी परियार, अब्दुल रसिद, मनबहादुर विक, रामप्रसाद अधिकारी र अमृत श्रेष्ठले चुनाव लड्ने आकांक्षा राखेका छन् ।
प्रदेशसभा ३ कमा प्रत्यक्षतर्फ वीरेन्द्र गुरुङ, सुरेन्द्रमान बिजुक्छे, उमेशराज पराजुली, शंकर ढुंगाना, केशवराज अधिकारी, दीपकराज पौडेल, विष्णुबहादुर क्षेत्री, विष्णुप्रसाद अधिकारी, सूर्य खड्का, खुसीमान गुरुङ र मीनादेवी सुवेदीले आकांक्षा जनाएका छन् ।

सोही क्षेत्रको समानुपातिकतर्फ अर्जुन पौडेल, अमृतकुमार श्रेष्ठ, आनन्दराज मुल्मी, कृष्णकुमारी गुरुङ, कृष्णकुमारी त्रिपाठी, खम्बासिंह गुरुङ, गीतादेवी पौडेल क्षेत्री, गोविन्द नेपाली, गंगाबहादुर गुरुङ, जीतबहादुर गुरुङ, जीवन सुनार, टेकनशोभा गुरुङ, वीरेन्द्र केसी, भीमबहादुर गुरुङ, मनबहादुर लामगादे, मीनाकुमारी पाण्डे, महावीर थापामगर, रवीन्द्र प्रजु, सीता गुरुङ र सरिता तिमिल्सिना पँगेनीले पनि सोही क्षेत्रमा समानुपातिकतर्फ उम्मेदवारी दिने आकांक्षा जनाएका छन् ।

अधिकतम प्रयास गर्दा पनि सहमति नहुँदा धेरै नाम सिफारिस भएको नेपाली कांग्रेस गण्डकी प्रदेश प्रचारप्रसार समिति सदस्य राजबहादुर गुरुङले बताए । केन्द्रले प्रत्यक्ष र समानुपातिकमा ३/३ जनाको नाम सिफारिस गर्न भने पनि सहमति हुन नसक्दा धेरै नाम सिफारिस हुन पुगेको गुरुङले बताए । पार्टीमा योगदान दिएका, निरन्तर क्रियाशील तथा सबै क्षेत्रलाई समेट्दै उम्मेदवार टुंग्याउनुपर्नेमा उनले जोड दिए ।

कास्की २ को ‘क’ मा प्रत्यक्षतर्फ ११ जनाले आकांक्षा देखाएको प्रदेश सभा निर्वाचन क्षेत्र समिति सभापति दिनेश आचार्यले बताए । दिनेश आचार्य, केशरप्रसाद निर्दाेषी, आशिक गुरुङ, लीलाकाजी गुरुङ, अर्जुन पोखरेल, विजय आचार्य, टंकप्रसाद भण्डारी, रघुनाथ पराजुली, प्रेमलाल पुन, पुण्डरी बराल र रंगिला आचार्यले इच्छा व्यक्त गरेका छन् । समानुपातिकतर्फ विष्णुप्रसाद पौडेल, श्यामप्रसाद शर्मा, शोभाचन्द्र बराल, ललितबहादुर कुँवर, टीकाराम सुनार, कोपिला तिवारी, नर्मदा बराल, चिनु गुरुङ र विमला भण्डारी आकांक्षी छन् ।

रिखिराम जिसी

जिसी समाधान संवाददाता हुन् 

तपाईको प्रतिक्रिया