गण्डकीबाट स्क्वासका ३ महिला खेलाडी छनोट

समाधान संवाददाता २०७९ भदौ १७ गते ११:३९

पोखरा ।
पोखरामा हुने ९ औं राष्ट्रिय खेलकुद अन्तर्गत स्क्वास खेलतर्फ ३ जना महिला खेलाडी छनोट भएका छन् । बिहीबार भएको महिला तर्फको प्रदेशस्तरीय छनोट प्रतियोगितामा गोरखाबाट सहभागी कृष्णा थापा प्रथम भएकी छन् ।

असोज २८ गतेबाट कात्तिक ३ गतेसम्म हुने राष्ट्रिय खेलकुदमा कास्कीकी सृष्टिका उदास दोस्रो र कास्कीकै करिश्मा ओली तेस्रो भएर राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि छनोट भएको स्क्वास र्याकेट एसोसियसन कास्की सचिव प्रवीण पालिखेले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया