एमाले मनाङमा कप्ली गुरुङको अध्यक्षतामा जिल्ला कमिटी सर्वसम्मत

समाधान संवाददाता २०७९ भदौ १७ गते १३:१७

पाेखरा ।
नेकपा एमाले मनाङ जिल्ला कमिटिको चौथो जिल्ला अधिवेशनले कप्ली गुरुङ अध्यक्ष र राजन गुरुङ सचिव रहेको ९० जनाको जिल्ला कमिटी सर्वसम्मत चयन गरेको छ । चामेमा बिहीबार भएको जिल्ला अधिवेशनले कमिटी चयन गरेको हो । उपाध्यक्षमा मेलिना गुरुङ, उपसचिवमा प्रेमकुमार श्रेष्ट र मिना लामा चयन भएका छन् ।

अध्यक्ष गुरुङ यसअघी मनाङ जिल्लाको जिविस सभापती तथा मनाङ मर्स्याङ्दी क्लब र मनाङ सेवा समितिको अध्यक्ष भैइसकेका र सामाजिक कार्यमा सकृय हुँदै आईरहेका व्यक्तित्व हुन् ।

Advertisement

तपाईको प्रतिक्रिया