इन्जिनियर विद्या बराल कास्की ३ ‘ख’ बाट उम्मेदवार बन्ने लाइनमा

प्रमिला कुँवर २०७९ भदौ १७ गते १३:४६

पोखरा ।
आगामी मंसिर ४ मा हुने प्रतिनिधि सभा सदस्य र प्रदेश सदस्यको निर्वाचनका लागि प्रत्यक्षतर्फ इन्जिनियर विद्या बरालले उम्मेदवारी दिएकी छन् । पार्टीकी महाधिवेशन प्रतिनिधि बराल कास्की निर्वाचन क्षेत्र नम्बर ३ ‘ख’ नेपाली कांग्रेसकातर्फ बाट उनले उम्मेदवार बन्न आकांक्षा देखाएकी हुन् । उम्मेदवारी दिनेमा देशमै उनी एक्ली महिला इन्जिनियर हुन् ।


पार्टीका केन्द्रिय महाधिवेशन प्रतिनिधि समेत रहेकी बराल क्यापस तहदेखि नै पार्टीमा सक्रिय छिन् । नेपाल विद्यार्थी संघको सदस्य बाट पार्टी प्रवेश गरेकी उनी इकाइ अध्यक्ष हुँदै प्राविधिक सहसंयोजक सम्म भएकी थिइन् । क्षेत्रिय प्रतिनिधि हुँदै उनी महाधिवेशन प्रतिनिधि भएकी हुन् । देशमै सबैभन्दा कान्छो प्रतिनिधि बन्ने दाउमा बराल देखिएकी छन् ।

महिलालाई भाषण र आसनमा मात्र राख्ने पार्टीको संस्कार रहेको उनले बताइन् । ‘महिला आफैं पनि राजनीतिमा आउन चाहनुहुन्न, आउन चाहेपनि समाजमा व्याप्त नातावाद र कृपावादले अवरोध गरेको छ । नेतृत्व तहमा महिलाको पहुँच एकदमै कम छ,’ उनले भनिन् ‘प्रत्यक्षमा उम्मेदवारी दिनु आफैमा ठूलो कुरा हो । पार्टीले महिलालाई समानुपातिकमै टार्न खोज्छ, पुरुषले दावी गर्दा त समानुपातिकमा पनि समेटिन सक्दैनन् ।’

Advertisement

पारिवारिक पृष्ठभूमी राजनीतिक नभएपनि परिवारको राम्राे साथ पाएको उनी बताउँछिन् । महिलाको अधिकार ओझेलमा परेको छ, महिलाका लागि केहि गरौं, समान हक, अवसर दिलाउन संघर्ष गरेर यहाँ सम्म आपुगेको उनको भनाई छ । महिला, पढेको, सक्षम, युवा भएका कारण पार्टीले टिकट दिनेमा उनी विश्वत छिन् । निर्वाचित भएपछि महिला सशक्तिकरणका लागि काम गर्ने उनको योजना छ । इन्जिनियर पेसामा आवद्ध भएको हुदाँ पढेको जानेको कुरा समाज परिवर्तन र विकास योजनाका कार्यमा लागु गर्ने उनले बताइन् ।


बराल भौतिक मन्त्रालयमा सिभिल इन्जिनियरका रुपमा काम गरिरहेकी छिन् । उनी कास्की क्षेत्र नम्बर ३ ‘ख’ को महाधिवेशन प्रतिनिधि साथै नेपाल इन्जिनियर एसोसियसनका केन्द्रिय सदस्य हुन् ।

Advertisement


प्रत्यक्ष निर्वाचनको उम्मेदवार बन्ने आकांक्षिमा प्रकाश बराल, देवेन्द्रकुमार शेरचन, पोषनाथ शर्मा, देवेन्द्र केसी, जीवनप्रसाद बास्तोला, मनपती भण्डारी, दुर्गाप्रसाद तिमिल्सिना, गणेशबहादुर भट्टराई, मुक्तिराम अधिकारी, भानुभक्त पराजुली र राजबहादुर गुरुङ छन् ।


समानुपातिक तर्फ गोविन्दबहादुर लामिछाने, गौमती थापा मगर, भरतबहादुर गुरुङ, पार्वती कोइराला, भक्तराज शर्मा, टेकप्रसाद अधिकारी, पुनम मह भट्टराई, सीता शर्मा, विष्णुकुमार श्रेष्ठ, देवदत्त कोइराला, हीरा भट्टराई र हरिप्रसाद शर्माले आकांक्षा देखाएका छन् ।

प्रमिला कुँवर

पत्रकारितामा स्नातक कुँवर समाधान दैनिक र समाधानन्युज डटकमकी संवाददाता हुन् । 

तपाईको प्रतिक्रिया