संविधान कार्यान्वयन र चुनावबारे छलफल गर्दै पोस्सोन

समाधान संवाददाता २०७९ भदौ १७ गते १८:१८

पोलिटिकल साइन्स सोसाइटी नेपाल (पोस्सोन)ले आउँदो निर्वाचन लक्षित उम्मेदवारको योग्यता र संविधान दिवसको सन्दर्भलाई जोड्दै नेपालको संविधान कार्यन्वयन सम्बन्धमा आसन्न निर्वाचन बिषयमा छलफल गर्ने भएको छ ।

शुक्रबार भएको पोस्सोनको बैठकले असोज १ गते कार्यपत्रसहित छलफल गर्ने निर्णय गरेको हो । गोष्ठीमा प्राडा उमानाथ बराल र प्राडा गिरधारी दाहालले कार्यपत्र पेश गर्ने संस्थाका सचिव मिलन आलेले जानकारी दिए ।

संस्थाका संयोजक सुभाष ढुंगानाको अध्यक्षता भएको बैठकमा पृथ्वीनारायण क्याम्पस राजनीतिशास्त्र विभागका प्राध्यापकहरु समेत सहभागी थिए । बैठकले सो संस्थाको बिधान मस्यौदा समितिले पेश गरेको बिधानलाई आवश्यक संशोधनसहित अनुमोदन गरेको प्रचार प्रसार विभागका संयोजक डा. सञ्जय कोइरालाले जानकारी दिए ।

Advertisement

कार्यक्रममा पिएनका राजनीति शास्त्र विभागका विभागीय प्रमुख प्राडा थानबहादुर क्षेत्रीले शुक्रबार परेको क्याम्पसको ६३ औं वार्षिकोत्सवको अवसरमा सबैलाई शुभकामना दिए ।

Advertisement

तपाईको प्रतिक्रिया