आगामी चुनाव पुरानाको अन्तिम र युवाको पहिलो: लामिछाने

समाधान संवाददाता २०७९ भदौ १८ गते १५:४०

स्याङ्जा
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आगामी मंसिर ४ को निर्वाचन एक तवरको युद्ध भएको बताएका छन् । स्याङ्जाको वालिङ खेलमैदानमा आयोजित जिल्ला भेलामा लामिछानेले यो झण्डै डेढ सय पुराना नेताको अन्तिम निर्वाचन हुने बताए । लामिछानेले भने, ‘मंसिर ४ पुराना नेताहरुको अन्तिम चुनाव र युवा पुस्ताको पहिलो चुनाव हो । सिद्धार्थ राजमार्ग देखाएर धेरै नेता सासंद र मन्त्री बने तर राजमार्गको मुहार फेरिएन ।’


पार्टीका सहमहामन्त्री कबिन्द्र बुर्लाकोटीले राज्यको माथिल्लो निकायमा नै भ्रष्टाचार हुने गरेको बताए । विदेश जानका लागि १० हजार लिने र पासपोर्ट बनाउन १५ हजार लिने रहादानी विभागलाई कारवाही गर्न नसक्ने सरकारले देशमा परिवर्तन गर्न नसक्ने उनले सुनाए ।


पार्टीका प्रदेश सभापति डा ढाकाकुमार श्रेष्ठले चिकित्सा पेशा छाडेर आफू राजनीतिमा आउन बाध्य रहेको बताए । ‘स्वास्थ्य क्षेत्रमा राज्यको ध्यान पुग्न सकेन, कतिले पैसा र पहुँचको अभावमा ज्यान गुमाएको देखेको छु,’ श्रेष्ठले भने, ‘एउटा बेड मिलाइदिनू न डा. साहब भनेर बिरामीले भन्दा धेरै पटक रोएको छु ।’

Advertisement


कार्यक्रममा वतन्त्र पार्टीको क्षेत्र नं २ को संघीय सासंदमा टिकराज गुरुङ र समानुपातिक उम्मेद्वारमा मेघ आलेले उम्मेदवारी दिने घोषणा गरे ।

Advertisement

तपाईको प्रतिक्रिया