फेरि मुख्यमन्त्री बनाउन पृथ्वीसुब्बालाई प्रदेश उम्मेदवारमै सिफारिस

समाधान संवाददाता २०७९ भदौ १८ गते १८:३१

पोखरा ।
नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई फेरि गण्डकी प्रदेशको मुख्यमन्त्री बनाउने एजेन्डासहित उनको जिल्ला लमजुङका नेता कार्यकर्ताले गुरुङलाई प्रदेश सभा सदस्यको उम्मेदवार बनाउन सिफारिस गरेका छन् । गण्डकीका संस्थापक मुख्यमन्त्री उनलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवारका रुपमा पनि हेरिएको थियो ।

एमाले लमजुङको शनिबार बसेको बैठकले पार्टी गुरुङलाई जिल्लाको ख नम्बर प्रदेश सभा निर्वाचन क्षेत्रबाट उम्मेदवारमा सिफारिस गरेको छ । यसअघिको निर्वाचनमा पनि उनी सोही क्षेत्रबाट विजयी भएका थिए । गुरुङसँगै पार्टी जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारीको नाम पनि उम्मेदवारमा सिफारिस भएको छ ।

प्रदेशसभा क तर्फ धनञ्जय दवाडी, राजकुमार विष्ट र जितबहादुर गुरुङको नाम सिफारिस भएको छ । यसअघि सोही प्रदेश सभा निर्वाचन क्षेत्रबाट विजयी दवाडीले गण्डकी प्रदेश सभामा सशक्त उपस्थिति देखाउन सफल भएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया