फेरि मुख्यमन्त्री बनाउन पृथ्वीसुब्बालाई प्रदेश उम्मेदवारमै सिफारिस

पोखरा ।
नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङलाई फेरि गण्डकी प्रदेशको मुख्यमन्त्री बनाउने एजेन्डासहित उनको जिल्ला लमजुङका नेता कार्यकर्ताले गुरुङलाई प्रदेश सभा सदस्यको उम्मेदवार बनाउन सिफारिस गरेका छन् । गण्डकीका संस्थापक मुख्यमन्त्री उनलाई प्रतिनिधि सभा सदस्यको उम्मेदवारका रुपमा पनि हेरिएको थियो ।
एमाले लमजुङको शनिबार बसेको बैठकले पार्टी गुरुङलाई जिल्लाको ख नम्बर प्रदेश सभा निर्वाचन क्षेत्रबाट उम्मेदवारमा सिफारिस गरेको छ । यसअघिको निर्वाचनमा पनि उनी सोही क्षेत्रबाट विजयी भएका थिए । गुरुङसँगै पार्टी जिल्ला अध्यक्ष कृष्णप्रसाद अधिकारीको नाम पनि उम्मेदवारमा सिफारिस भएको छ ।
प्रदेशसभा क तर्फ धनञ्जय दवाडी, राजकुमार विष्ट र जितबहादुर गुरुङको नाम सिफारिस भएको छ । यसअघि सोही प्रदेश सभा निर्वाचन क्षेत्रबाट विजयी दवाडीले गण्डकी प्रदेश सभामा सशक्त उपस्थिति देखाउन सफल भएका थिए ।








पोखरा बहुमुखीमा लैंगिक हिंसा विरुद्ध सचेतना
ट्रेल रनिङ प्रतियोगितामा पुरुषतर्फ नेपाल र महिलातर्फ अमेरिकालाई उपाधि
एनप्याब्सन क्रिकेटमा ५ खेल
ददिको ज्ञानिकामाथि पोखरामा विमर्श
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया