महिला भलिबल : म्याग्दीलाई उपाधी

पोखरा ।
आउदाे असाेज २८ देखि कात्तिक ३ गतेसम्म हुने नवाैं राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेश स्तरीय छनौट खेलअन्तर्गत महिला भलिबलतर्फको उपाधी म्याग्दीले जितेको छ । पोखरा रंगशालामा शनिबार भएको फाइनल खेलमा पर्वतलाई २–१ को सेदमा पराजित गर्दै म्याग्दीले उपाधी जितेको हो । विजयी टिमले ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरे ।
तुलनात्मक रुपमा बलियो रहेको म्याग्दी प्रतियोगितभर अपराजित रहदै उपाधी जित्न सफल भयो । प्रतियोगितामा म्याग्दीले ५ वटै खेलमा जित हासिल ग¥यो । यससँगै म्याग्दी लगातार ३ पटक विजेता बनेको छ । यसअघि सातौँ र आठौँ राष्ट्रिय खेलकुदको प्रदेश स्तरीय छनौटमा म्याग्दी टिम महिला भलिबलतर्फ विजेता भएको थियो । टिमको कप्तानी अरुणा शाहीले गरेकी थिइन् । नेपाली राष्ट्रिय महिला भलिबल टिमकी कप्तानसमेत रहेकी शाही नेपाली महिला भलिबलकी खम्बा मानिन्छिन् ।
म्याग्दीको टिममा कप्तान शाहीसहित पवित्रा विसी, रेविना घर्ति, सस्मिता पुन, मनिषा तिलिजा, सृजना पाईजा, सजिना वुढाथोकी, एलिसा रोका, काजल छन्त्याल, वर्षा फगामी, निशा पाईजा र तुल कुमारी तिलिजा छन् । प्रदेश स्तरीय छनौट प्रतियोगितामा गण्डकी प्रदेशका मनाङ बाहेक अन्य १० वटा जिल्लाका १० टिम सहभागी भएका थिए ।






सुरजको रचना र विनोदको गायनको गीत ‘यहीँ दुःख गरम्ला…’ को म्युजिक भिडियो सार्वजनिक
पाल्पाली सहकारीको सेयर पुँजी पौने २ करोड ६१ लाख
सुशासन र निजी क्षेत्रको सुरक्षामा प्रतिबद्ध : प्रधानमन्त्री कार्की
ठगी आरोपमा नेपाल ट्रष्टका पूर्वसहसचिव पक्राउ
दीपशिखा पुस्तकालयमा टेक एज युथ परियोजना सुरु
चियासँगै पाकिरहेको मञ्जुको सपना
गण्डकीको सवारी करमा विशेष छुटकार्तिक मसान्तभित्र तिरे जरिवाना माफ
पाेखरामा आगजनी र तोडफोड गर्नेलाई कारवाही माग
तपाईको प्रतिक्रिया