सभामुख अधिकारी प्रतिनिधिसभाका लागि पर्वतबाट सिफारिस

राष्ट्रिय समाचार समिति (रासस) २०७९ भदौ १९ गते ११:०२

पर्वत ।
गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी पर्वतबाट प्रतिनिधिसभा सदस्यको उम्मेदवारमा सिफारिस भएका छन् । माओवादी केन्द्रको जिल्ला समन्वय समिति वैठकबाट अधिकारी प्रतिनिधिसभामा सिफारिस भएका हुन् ।

बिहीबार भएको माओवादी केन्द्रको बैठकले अधिकारीसहित प्रतिनिधिसभामा अरु ४ जनाको नाम सिफारिस गरेको छ । अधिकारी यसअघि प्रदेशसभा ‘क’ मा विजयी भएका थिए । उनले बाम गठबन्धनको साझा उमेदवारका रुपमा कांग्रेसका नवराज गुरुङलाई पराजित गरेका थिए ।

अधिकारीसँगै प्रतिनिधिसभामा माओवादी केन्द्रले केन्द्रीय सदस्य गुप्तबहादुर हमाल, गुणाखर बस्याल, जयनारायण तिवारी र गंगा तिमिल्सिनालाई पनि सिफारिस गरेको छ । बस्याल संविधानसभा सदस्यसमेत थिए । हमाल भर्खरै सम्पन्न स्थानीय तहको निर्वाचनमा मोदी गाउँपालिका अध्यक्षमा भएका उनी दोस्रो संविधानसभाको निर्वाचनमा कास्की जिल्लाबाट उम्मेदवार थिए ।

Advertisement


यसैगरी प्रदेशसभा ‘क’ तर्फ सुदीप कुँवर, लोकराज आचार्य, लीला दवाडी, मीनराज केसी र विजय सापकोटाको नाम सिफारिस भएको छ । प्रदेशसभा ‘ख’ तर्फ सविन गुरुङ, उमाकान्त भूर्तेल, गगन थापा, ऋषिराम भुसाल र प्रेम रानाको नाम सिफारिस भएको छ ।

Advertisement

राष्ट्रिय समाचार समिति (रासस)

रासस नेपाल सरकार स्वामित्वको समाचार एजेन्सी हो । 

तपाईको प्रतिक्रिया