बुद्धिचाल छनोटमा पूजा र सविन प्रथम

समाधान संवाददाता २०७९ भदौ १९ गते १२:४३

पोखरा ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत गण्डकी प्रदेश स्तरीय बुद्धिचाल प्रतियोगिताको पुरुषतर्फ लमजुङका सविनचन्द्र घिमिरे प्रथम भएका छन् । कुल ५ राउन्डमध्ये ४ राउन्डमा जित र एक राउन्डमा बराबरी गर्दै साढे ४ अंकका साथ उनी प्रथम भएका हुन् ।


साढे ४ अंकका साथ मुस्ताङका राजन पहाडी दोस्रो बने । उनले पनि कुल ५ राउन्डमध्ये ४ राउन्डमा जित र एक राउन्डमा बराबरी खेलेका थिए । बागलुङका लेखबहादुर थापा ४ अंकका साथ तृतीय भए । उनले ४ खेलमा जित र १ खेलमा हार बेहोरेका थिए । पुरुषतर्फ २३ प्रतियोगी थिए ।


महिलातर्फ कास्कीकी पूजा भण्डारी प्रथम बनिन् । उनी ५ राउन्ड खेलमका सबै खेल जित्दै प्रथम बनिन् । ४ राउन्डमा प्रथम र एक राउन्डमा पराजय भोगेर ४ अंक जोडेकी लमजुङकी स्तुति खवास दोस्रो बनिन् । ३ राउन्डमा जित, १ राउन्डमा हार र १ राउन्डमा बराबरी खेलेकी बागलुङकी झरना थापा तृतीय बनिन् । महिलातर्फ १३ खेलाडीले नाम दर्ता गराए पनि १२ प्रतियोगितामा सहभागी थिए ।

Advertisement


प्रतियोगितामा गण्डकी प्रदेशका कास्की, तनहुँ, बागलुङ, लमजुङ, मुस्ताङ, पर्वत, स्याङ्जा र नवलपुर जिल्लाले सहभागिता जनाएका थिए । मनाङ, गोरखा र म्याग्दी जिल्लाले भने सहभागिता जनाएनन् । बुद्धिचाल प्रतियोगिताको लागि संयोजकको जिम्मेवारी ओमप्रसाद उपाध्याय र प्रशिक्षकको जिम्मेवारी शुक्रप्रसाद प्रधानलाई दिइएको छ ।


प्रथम, द्वितीय र तृतीय भई छनोट भएका खेलाडी असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म पोखरामा आयोजना हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागी बन्ने छन् । उनीहरुले अब केही दिनपछि बन्द प्रशिक्षणमा सहभागिता जनाउने प्रशिक्षक प्रधानले जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया