कास्की ३ ‘ख’मा एमालेबाट राजीव पहारीको नाम एकल सिफारिस
समाधान संवाददाता
२०७९ भदौ १९ गते १३:४८

पोखरा ।
आउदो मंसिर ४ गते हुने प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनका लागि कास्की क्षेत्र नम्बर ३ ‘ख’ मा एमालेले सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ ।
एमाले निर्वाचन क्षेत्र समन्वय कमिटीको आइतबार बसेको बैठकले उक्त क्षेत्रको उम्मेदवारको रुपमा राजीव पहारीलाई सर्वसम्मत सिफारिस गरेको एमाले कास्की ३ ख प्रदेश सभा निर्वाचन क्षेत्र समन्वय कमिटिका संयोजक सुरेन्द्र गुरुङले जानकारी दिए ।
उक्त निर्वाचन क्षेत्रबाट चुनाव लड्न शनिबार एमालेबाट १० जनाले आकांक्षा व्यक्त गरेका थिए । पहारी यसअघिको निर्वाचनमा पनि सोही क्षेत्रबाट प्रदेश सांसद भएका थिए ।
सम्बन्धित







इन्जिनियरिङ पश्चिमाञ्चल क्याम्पसको प्रमुखमा डा. घिमिरे नियुक्त
एलिट ट्रफी क्रिकेट प्रतियोगिता ४ गतेदेखि हुने
म्याग्दीका ध्रुवले फलाए १२० मुरी धान
उज्ज्वल सहकारीमा दोहोरिए नरेन्द्र
यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई पोखरा विमानस्थलमा १ महिना प्रतिबन्ध
कास्की कांग्रेसका नेता विमल बसेलले त्यागे पार्टी
पोखरा २६ को स्कुलको जग्गा व्यक्तिको बनाउने पोखरेलसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
गण्डकीमा ‘मुख्यमन्त्री सुशासन फेलोसिप’ खुल्यो : युवालाई मासिक ३० हजार पारिश्रमिक
तपाईको प्रतिक्रिया