कास्की ३ ‘ख’मा एमालेबाट राजीव पहारीको नाम एकल सिफारिस

समाधान संवाददाता २०७९ भदौ १९ गते १३:४८

पोखरा ।
आउदो मंसिर ४ गते हुने प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनका लागि कास्की क्षेत्र नम्बर ३ ‘ख’ मा एमालेले सर्वसम्मत उम्मेदवार सिफारिस गरेको छ ।

एमाले निर्वाचन क्षेत्र समन्वय कमिटीको आइतबार बसेको बैठकले उक्त क्षेत्रको उम्मेदवारको रुपमा राजीव पहारीलाई सर्वसम्मत सिफारिस गरेको एमाले कास्की ३ ख प्रदेश सभा निर्वाचन क्षेत्र समन्वय कमिटिका संयोजक सुरेन्द्र गुरुङले जानकारी दिए ।

उक्त निर्वाचन क्षेत्रबाट चुनाव लड्न शनिबार एमालेबाट १० जनाले आकांक्षा व्यक्त गरेका थिए । पहारी यसअघिको निर्वाचनमा पनि सोही क्षेत्रबाट प्रदेश सांसद भएका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया