टेनिस खेलाडी काठमाडाैंतिर

समाधान संवाददाता २०७९ भदौ १९ गते १४:३६

पोखरा ।
आइतबारदेखि काठमाडौंमा सुरु हुने दोस्रो याक एन्ड यती कप भेट्रान्स टेनिस प्रतियोगितामा भाग लिन पोखरेली खेलाडी त्यसतर्फ प्रस्थान गरेका छन् । कास्की जिल्ला टेनिस संघले शनिबार बिहान पोखरा रंगशालामा खेलाडीलाई बिदाइ गर्‍यो ।
पोखरा महानगर खेलकुद विकास समिति अध्यक्ष दीपक गोदारले खेलाडीहरुलाई शुभकामनासहित बिदाइ गरे ।

एक सातासम्म चल्ने प्रतियोगितामा ३५, ४५, ५५ र ६५ वर्षमाथि एकल तथा डबल्स इभेन्टमा प्रतिस्पर्धा हुनेछ । पोखराका २६ खेलाडीले विभिन्न इभेन्टमा प्रतिस्पर्धा गर्ने कास्की जिल्ला टेनिस संघका महासचिव नवीन श्रेष्ठले जनाए ।


प्रतियोगितामा हरेक इभेन्टमा प्रथम हुने खेलाडीले आयोजक याक एन्ड यती होटलको तर्फबाट १ लाख २० हजार बराबरको १ वर्षको मेम्बरसिप कार्ड तथा द्वितीय हुने खेलाडीले ६ महिनाको मेम्बरसिप कार्ड पुरस्कार प्राप्त गर्ने छन् । प्रतियोगिताको गत संस्करणमा कास्कीका ४ खेलाडी दोस्रो बनेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया