पूर्व गृहमन्त्री अधिकारी प्रतिनिधिसभामा पनि सिफारिस

समाधान संवाददाता २०७९ भदौ १९ गते १६:२६

पोखरा ।
आउदो मंसिर ४ गते हुने प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनका लागि कास्की १ मा एमालेबाट पूर्व गृहमन्त्री खगराज अधिकारी सिफारिस भएका छन् ।

प्रतिनिधि सभाका लागि सिफारिस भएका अधिकारी आइतबार कास्की १ ‘क’बाट प्रदेश सभामा सिफारिस भएका छन् । हाल संघीय सांसद भएका अधिकारी २०७४ को निर्वाचनमा कास्की १ बाट निर्वाचित भएका थिए ।

कास्की १ मा एमालेबाट अधिकारीसहित १५ जनाको नाम सिफारिस भएको एमाले कास्की २ क्षेत्रीय कमिटि संयोजक तेजनारायण अधिकारीले जानकारी दिए । अघिकारीसहित दिलिप न्यौपाने, बैनबहादुर अधिकारी, कालिदास सुवेदी, झलक सुवेदी, पुष्पज्योती ढुङ्गाना, मनबहादुर गुरुङ, बालासिंह काउछा मगर, हिमालय बख्रेल, पदमप्रसाद पौडेल, मिलन सुबेदी, शंकरनाथ पौडेल, उमा सिंह, रामराज अधिकारी र पुष्प अधिकारीलाई एमाले क्षेत्रीय कमिटिले जिल्ला कमिटिमा सिफारिस गरेको हो ।

Advertisement

मनबहादुर गुरुङ पनि दोहोरो सिफारिस भएका छन् । उनी यसअघि कास्की १ ख बाट प्रदेशसभाका लागि सिफारिस भएका छन् ।

Advertisement

तपाईको प्रतिक्रिया