कास्की २ मा एमालेबाट विद्यासहित ४ जना सिफारिस

समाधान संवाददाता २०७९ भदौ १९ गते १६:४५

पोखरा ।
आउदो मंसिरमा प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनका लागि कास्की २ मा एमालेबाट ४ जनालाई सिफारिस भएका छन् ।

प्रतिनिधि सभा निर्वाचनका लागि सो क्षेत्रबाट प्रतिनिधि सभा सदस्य विद्या भट्टराईसहित ४ जनाको नाम जिल्ला कमिटि कास्कीमा सिफारिस भएको हो । भट्टराईसहित भुपेन्द्र गिरी, केशव आचार्य र प्रभा कोइराला सिफारिस भएको नेकपा एमाले क्षेत्रीय कमिटिले जनाएको छ ।

उक्त क्षेत्रमा २०७४ को निर्वाचनमा एमालेका रविन्द्र अधिकारी निर्वाचित भएका थिए । उनको निधनपछि भएको उपनिर्वाचनमा अधिकारीको धर्म पत्नी विद्या भट्टराई विजयी भएकी थिइन् ।

Advertisement

तपाईको प्रतिक्रिया