प्रदेश भलिबल: नवलपुर र म्याग्दी च्याम्पियन

समाधान संवाददाता २०७९ भदौ २० गते ११:२४

पोखरा ।
प्रदेश खेलकुद परिषद गण्डकीले आयोजना गरेको प्रदेश खेलकुद प्रतियोगिता अन्तर्गत शनिबार सम्पन्न भलिबलमा पुरुषतर्फ नवलपुर र महिलातर्फ म्याग्दी टिम च्याम्पियन भएका छन् । पुरुषतर्फको फाइनल खेलमा नवलपुरले बलियो मानिएको स्याङजालाई २–१ सेटमा पराजित गर्दै च्याम्पियन भएको हो । महिलातर्फ फाइनलमा पर्वतलाई २–१ सेटमा पराजित गर्दै म्याग्दीले उपाधी हात पारेको हो ।


पुरुषतर्फ फाइनलमा पहिलो सेट ३०–२८ मा गुमाएको नवलपुरले स्याङजालाई २५–२३ र तेश्रो सेट ३०–२८ ले आफ्नो पक्षमा पार्दै उपाधि जितेको हो । नवलपुरले स्वर्ण, उपविजेता स्याङजाले रजत र तेस्रो भएको कास्कीले कास्य पदक प्राप्त गर्‍यो ।
महिलातर्फ फाइनलमा नेपाली राष्ट्रिय टोलीकी टिम कप्तान अरुणा शाही सम्मिलित टिम म्याग्दीले पर्वतलाई २५–१८, १३–२५ र २५–१८ ले जित्दै स्वर्ण पदक हात पार्न भयो ।

फाइनलमा पराजित पर्वतले रजत र तेस्रो कास्की कास्य पदक हात पार्‍यो विजेता खेलाडी तथा टिमलाई प्रदेश खेलकुद परिषद्का उपाध्यक्ष तेजबहादुर गुरुङ, नेपाल भलिबल संघका केन्द्रिय सल्लाहकार नारायण शर्मा, प्रदेश खेलकुद परिषद्की सदस्य शुभकन्या गुरुङ, गण्डकी प्रदेश भलिबल संघका वरिष्ठ उपाध्यक्ष हरिकुमार श्रेष्ठ, महासचिव टहलसिंह थापा मगर, छनोट समितिका संयोजक नारायण भण्डारी लगायतले मेडल, ट्रफी र प्रमाणपत्र वितरण गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया