नवौं राष्ट्रिय खेलकुदः बक्सिङको छनोट सकियो

समाधान संवाददाता २०७९ भदौ २० गते १२:२१

पोखरा ।
आगामी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा सहभागिताका लागि बक्सिङ तर्फको छनोट प्रतियोगिता सम्मन्न भएको छ । अन्तिम छनोट खेलमा शनिबार विभिन्न तौल समूहमा महिला तथा पुरुष खेलाडी छनोट भएका हुन् । पुरुषतर्फ ४८ केजी तौल समुहमा दर्शन गुरुङ (कास्की), ५१ तौल समुहमा विपिन गुरुङ (तनहुँ), ५४ केजी तौल समुहमा उपाश गुरुङ (नवलपुर), ५७ मा बुद्ध गुरुङ (गोरखा), ६० मा निश्चल गुरुङ (नवलपुर), ६३.५ केजी समुहमा सागर परियार (कास्की), ६७ मा सफल घर्ती मगर(नवलपुर), ७१ निशान गुरुङ (नवलपुर), ८६ मा किरण विक (नवलपुर) र ९२ केजीमा ठुरा गुरुङ (कास्की) विजयी भएका छन् ।


महिलातर्फ ५० केजी तौल समूहमा सोनिया बरुवाल (कास्की ),५२ मा मोनिका राना (कास्की), ५४ मा एलिना गर्बुजा (म्यादी ) र ५४ तौल समूहमा रमिशा श्रेष्ठ (कास्की ) छनोट भएका छन् । प्रदेश स्तरमा छनोट भएको उक्त खेलाडीहरुले आगामी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा प्रतिस्पर्धा गर्नेछन् ।

Advertisement

तपाईको प्रतिक्रिया