बालश्रम न्यूनिकरणको अध्यक्षमा अधिकारी

समाधान संवाददाता २०७९ भदौ २३ गते १२:४५

पोखरा ।
पोखरा उद्योग वाणिज्य संघ, बालश्रम न्यूनिकरण कार्यक्रमले व्यवास्थापन समितिमा नयाँ नेतृत्व चयन गरिएको छ । अध्यक्षमा लक्ष्मीप्रसाद अधिकारीलाई चुनेको हो । उपाध्यक्षमा कल्पना नेपाली, कोषाध्यक्षमा रत्ना थापा, सचिवमा गंगा सुबेदी, सह सचिवमा चन्द्रा कार्की, चुनिएका छन् । सल्लाकारमा निवर्तमान अध्यक्ष मनोज रसाईली, दिपक बहादुर थापा, श्रीमाया भूजेल, सदस्यमा हरी थापा, मनकला भुजेल छन् ।


बालश्रम न्यूनिकरण कार्यक्रमका संयोजक प्रीति पाण्डेले केन्द्रले जोखिम अवस्थाका बालबालिकालाई सहयोग गर्दै आइरहेको बताइन् । केन्द्रले उनीहरुलाई आवश्यक शैक्षिक सामग्री, अनौपचारिक शिक्षा, मनोसामाजिक परामर्शसेवा, स्वास्थ्य सेवा प्रदान गरिरहेको उनले बताइन् । वडाले सहयोग नगर्दा केन्द्र घर न घाटकोे भएको भन्दै वडालाई ध्यान दिन आग्रह गरिन् ।


पूर्व जनप्रतिनिधि दीपकबहादुर थापाले संस्थाले बालबालिकाको शिक्षा, स्वास्थ्य जस्तो कुरामा योगदान गर्दै सिकाई केन्द्र सञ्चालन गरेको प्रति खुशी व्यक्त गरे, सेती नदिको कटान नियन्त्रण र रोकथाम गरी यहाँका बासिन्दाको जिवन रक्षा गर्ने कुरामा कुनै वडा लगायत सरकारी निकायले आफुलाई कुनै सहयोग नगरेको उनको गुनासो थियो । केन्द्रलाई आवश्यक परेको भवन उपलब्ध गराउने बाचा गरे ।

Advertisement


जनप्रतिनिधि परमेश्वर कार्कीले यहाँका बासिन्दालाई परेको जुनसुकै समस्या प्रति स्थानिय सरकारले सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे । सेती नदिले कटान गर्दै आएको क्षेत्रको तटबन्ध गर्ने कुरामा वडाले सहयोग गर्ने वचन समेत दिए ।


सस्थाको प्रतिबेदन गंगा सुबेदीले प्रस्तुत गरेकी थिइन् भने कार्यक्रको अध्यक्षता केन्द्रका अध्यक्ष मनोज रसाईलीले गरेका थिए । जनप्रतिनिधि रनसुवा गुरुङले केन्द्रलाई शुभकामना दिएकी थिइन् । कार्यक्रम सञ्चालन संस्थाकी सचिव बिजय अधिकारीले गरेकी थिइन् ।

Advertisement

तपाईको प्रतिक्रिया