उपल्लो मुस्ताङमा गल्फकाे अभ्यास गर्दै सद्गुरु

सुन्दरकुमार थकाली २०७९ भदौ २३ गते १५:०७

जोमसोम ।
भारतका चर्चित आध्यामिक सद्गुरु–जग्गी वासुदेवले बिहीबार मुस्ताङको लोमान्थाङ स्थित लोवाथाङ गल्फ कोर्स मैदानमा २ घण्टा गल्फ खेलको अध्यास गरेका छन् । गण्डकी प्रदेशका सांसद ईन्द्रधारा बिष्ट र लोमान्थाङ गाउँपालिकाको समन्वयमा सद्गुरु लोवाथाङको गल्फ कोर्स स्थलमा पुगेका थिए ।

गाउँपालिकाका अध्यक्ष टसी नर्वु गुरुङका अनुसार सद्गुरुसहितको करिव ५० जनाको टोलीले लोवाथाङमा गल्फ खेलको अभ्यास गरेको जानकारी दिए । ‘सद्गुरु उपल्लो मुस्ताङ आउनु गर्वको कुरा हो, त्यस माथी हामीले गल्फ कोर्सको पर्यटन प्रर्वद्धन गर्न गल्फ खेल्न अनुरोध ग¥यौं,’ अध्यक्ष गुरुङले भने, ‘उहाँ जस्तो विश्व चर्चित व्यक्ति यहाँ आएर गल्फको अभ्यास गर्दा यस क्षेत्रको पर्यटन प्रर्वद्धनमा पक्कै टेवा पुग्छ भन्ने ठानेका छौं, यहाँ आएर गल्फ खेल्न सबैलाई ढोका खुल्ला रहन्छ ।’

लोवाथाङ गल्र्फ कोर्स अघि भारतको सिक्किममा ३९७० मिटरको उचाईमा गल्फ कोर्स निर्माण गरिएको थियो । गण्डकी प्रदेशका सांसद ईन्द्रधारा बिष्टको पहलमा त्यहा गल्फ कोर्सको पूर्वाधार निर्माण गरिएको थियो । उक्त गल्फ कोर्सलाई मुस्ताङ गल्फ कोर्स नामाकरण गरिएको थियो ।

Advertisement

गल्फ खेलको विकास र पर्यटन प्रर्वद्धन गर्ने उद्देश्यले लोमान्थाङ गाउँपालिकाले दुई साता अघि ‘टप अफ द वल्र्ड गल्फ च्यालेन्ज’ प्रतियोगिता आयोजना गरिएको थियो ।


बिष्टले लोमान्थाङमा गल्फ कोर्सको मार्ग खोज्नु आफ्नो धेरै अघिको सपना भएको र त्यो सपनामा सद्गुरुको गल्फ अभ्यासले थप महत्व र गरिमा वृद्धि गरेको बताए । ‘विस्तार गल्फको सपना पुरा हुँदैछ, प्रतियोगिता सम्पन्न गरियो,’ सांसद बिष्टले भने, ‘अब यसको व्यापक प्रचार/प्रसार गरेर स्वदेशी तथा विदेशी गल्फर यहाँसम्म ल्याउनु छ, यसले यहाँको जिवन स्तरमा सुधार ल्याउँनेछ ।’
तस्विर: टसीनर्बु गुरुङ

Advertisement

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया