नारीशक्ति जागरण आमा समुहमा प्यारी गुरुङ

पोखरा ।
नारीशक्ति जागरण आमा समुह पोखरा १७ आँखा अस्पताल चोकले नयाँ कार्यसमिति गठन गरेको छ । समुहको तेस्रो साधारण सभा तथा दोस्रो अधिवेशनले प्यारी गुरुङको अध्यक्षतामा १५ सदस्यीय नयाँ कार्य समिति सर्वसम्मत चयन गरेको हो ।
उपाध्यक्षमा राधादेवी पौडेल लम्साल, सचिवमा पूर्णकला पोखरेल, कोषाध्यक्षमा सरस्वती नेपाल सुवेदी, सहसचिवमा मञ्जु के.सी, सहकोषाध्यक्षमा हरिकमला केसी चयन भएका छन् ।
समुहको सदस्यमा सीता पौडेल क्षेत्री, डीलमाया कार्की, दुर्गाकुमारी शर्मा, सुजिता पराजुली, कल्पना गोदार, पुष्पलक्ष्मी महर्जन, ज्योति शेरचन, आशा सेवा परिवार र अप्सरा गोदार छन् । अधिवेशनले कार्यसम्पादनका लागि बिभिन्न पाँच उपसमिति समेत गठन गर्ने निर्णय गरेको छ ।
अधिवेशनको उद्घाटन गर्दै पोखरा १७ का वडाअध्यक्ष राधिका शाही योगीले आमा समुहमार्पmत नेतृत्व विकास गर्दै उद्यमशिलतासँग जोडिनु पर्ने आवश्यकता औल्याइन् । गैरसरकारी संस्था महासंघ (गैसस) नेपालका अध्यक्ष रामप्रसाद सुवेदीले संवैधानिक व्यवस्थाले प्रदत्त अधिकारको उपयोग गर्न आमाहरु संगठित भएर अघि बढ्नु पर्नेमा जोड दिए ।
समुहका अध्यक्ष शिशिर गोदारको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार हरि बास्तोला, समाजसेवी लिलबहादुर जिसी, छहारी टोलविकास संस्थाका अध्यक्ष दिपक गोदारले आमा समुहले सभ्य समाज निर्माणमा अतुलनिय भूमिका खेल्दै आएको धारणा राखे ।
समुहका सचिव राधादेवी पौडेल लम्सालले बार्षिक प्रगति प्रतिवेदन र कोषाध्यक्ष सरास्वती नेपाल सुवेदीले आर्थिक प्रतिवेदन प्रस्तुत गरेकी थिइन् ।
तपाईको प्रतिक्रिया