वडाध्यक्ष उम्मेदवारलाई निलम्बन गर्न कांग्रेस पोखरा ८ को सिफारिस

पोखरा ।
नेपाली कांग्रेस पोखरा ८ वडा समितिले स्थानीय नेता शारदा गिरीलाई निलम्वन तथा कारबाही सिफारिस गरेको छ । गिरी २०७९ को स्थानीय निर्वाचनमा कांग्रेसबाट वडाध्यक्षकी उम्मेदवार थिइन् । आफूलाई केही नेताहरुले अन्तर्गघात गरेर हराएको भन्दै गिरीले पार्टी सभापति शेरबहादुर देउवालाई पत्र लेखेकी थिइन् ।
वडा समिति सभापति रमेश बरालले गिरीलाई कांग्रेसको हित विपरीत कार्य गरेको र पार्टी विधान उल्लंघन गरी अनुशासन तोडेको ठहर गरेको जनाएका छन् । उनले सोही ठहर बमोजिम गिरीलाई निलम्बन र कारबाहीका लागि जिल्ला पार्टी सभापतिलाई सम्बोधन गरी पत्र काटेका छन् । निलम्वन र कारबाहीका लागि शारदा गिरी र उनका भाइ तारा गिरीको पनि नाम सिफारिस छ ।
‘तत्कालै साधारण सदस्यता नरहने गरी निलम्वन गर्दै ५ वर्षसम्मका लागि पार्टीबाट निस्कासन गर्ने भन्ने निर्णय भएकाले सोही अनुसार कारबाही गरिदिनु हुनु अनुरोध छ,’ वडा समितिको निर्णय उद्धृत गर्दै पत्रमा भनिएको छ । वडा समितिले यसअघि गिरीहरुलाई स्पष्टीकरण सोधेको थियो । शारदा गिरी २०७४ र २०७९ को निर्वाचनमा एमालेका रुद्र बरालसँग वडाध्यक्षमा पराजित भएकी थिइन् ।







चुनाव नजिकिँदा गण्डकीमा राजनीतिक सरगर्मी बढ्यो, दलहरू उम्मेदवार छनोट र संगठन विस्तारमा
जनप्रिय अध्यक्षमा २ उम्मेदवार
गण्डकी प्रदेशका २१ नवप्रवेशी इन्जिनियरिङ कर्मचारी तालिम लिएर कार्यक्षेत्रमा
पर्वतीय महोत्सवमा जलवायु संकटका कुरा
गण्डकीमा ठूलो संख्यामा कार्यालय प्रमुखको सरुवा र पदस्थापन – हेर्नुहोस सूचीसहित
निकासबिना पोखरामा साढे ३ करोडको पक्की पुल, राज्यस्रोतको दोहन
राष्ट्रिय माध्यमिक विद्यालयको जग्गा प्रकरण : ८ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर
पोखरामा खुल्दै विश्वस्तरीय फिस्टेल माउन्टेन कलेज, घरमै बसेर बेलायती डिग्री
तपाईको प्रतिक्रिया