नागरिकता विधेयक प्रमाणीकरण नगरे राष्ट्रपतिले राजीनामा दिनुपर्छः प्रचण्ड

समाधान संवाददाता २०७९ भदौ २४ गते ११:१३

पोखरा ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले नागरिकता विधेयक प्रमाणीकरण नगरे राष्ट्रपति विद्यादेवी भण्डारीले राजीनामा दिनुपर्ने बताएका छन् ।

अध्यक्ष प्रचण्डले शुक्रबार पोखरामा पत्रकारसँगको कुराकानीमा यदि अब विधेयक प्रमाणित नगरे यो विषय अदालत जाने अनि प्रमाणित गर्दै राजीनामा दिनुपर्ने बताएका हुन् ।

‘राष्ट्रपतिज्यूलाई दोस्रोपटक संविधानले कुनै ठाउँ नै दिएको छैन, त्यसकारण उहाँले प्रमाणीकरण गर्नुहुन्छ,’ उनले भने, ‘मैले केहीदिन अघि राष्ट्रपति जीसँग भेटेर कुरा गर्दा उहाँ यो विषयलाई राजनीतिक विषय बनाउने मुडमा भएकै देखेको थिएँ । ’

Advertisement

राष्ट्रपतिले नागरिकता विधेयक प्रमाणीकरण नगर्ने संभावना पनि भएको उनले बताए । प्रचण्डले भने, ‘विधेयक प्रमाणित नगरे अदालतमा जान्छ । अदालतको फैसलापछि प्रमाणीकरण हुन्छ । दोस्रो उहाँले राजीनामा दिनुपर्छ ।’

उनले नागरिकता विधेयकलाई लिएर राष्ट्रपति भण्डारीले राजनीतिक एजेण्डा बनाउन खोजेको समेत आरोप लगाए ।

Advertisement

पत्रकार सम्मेलनको तस्बिर : सुदर्शन रञ्जीत ।

तपाईको प्रतिक्रिया