पोखराका अग्रज चिकित्सक कुमार शमशेरको निधन

समाधान संवाददाता २०७९ भदौ २४ गते १२:२०

पोखरा ।
पोखराका पहिलो चिकित्सक डाक्टर कुमार शमशेर राणाको शुक्रबार ८५ वर्षको उमेरमा निधन भएको छ । उनको बिहान ७ बजेर १० मिनेट जाँदा उपचारका क्रममा निधन भएको फिजिसियन डाक्टर बुद्धिबहादुर थापाले जानकारी दिए ।

उच्च रक्तचाप, मधुमेह र दमसँगै निमोनियादेखिएपछि ५ दिन अघि राणालाई फेवासिटी अस्पताल पु¥याइएको थियो । उनी पोखराका अग्रणी चिकित्सक हुन् । पोखराको ‘फादर अफ एलोपेथिक मेडिसिनको’ रुपमा राणा पोखरेलीमाझ परिचित थिए ।

Advertisement

तपाईको प्रतिक्रिया