मदरल्यान्डकी बराल जेसीजको वक्तृत्वमा प्रथम

समाधान संवाददाता २०७९ भदौ २४ गते १३:१०

पोखरा ।
पोखरा जेसीजले वक्तृत्वकला प्रतियोगिता गरेको छ । जेसीजको सप्ताहव्यापी कार्यक्रम अन्तर्गत राखिएको वक्तृत्वकला प्रतियोगितामा मदरल्यान्ड बोर्डिङकी प्रशंसा बराल प्रथम भएकी छन् । मदरल्यान्डकै कृतिका पराजुली द्वितिय हुँदा पिएन क्याम्पसकी सम्झना सार्की तृतीय भएकी छन् ।


प्रथम, द्वितिय र तृतीय हुन सफल विद्यार्थीले क्रमशः १० हजार, ७ हजार र ५ हजार नगद पुरस्कारसँगै प्रमाणपत्र पाएका छन् ।
प्रतियोगिताको उद्धाटन गर्दै पिएन क्याम्पसका प्राध्यापक डाक्टर भावना पोखरेल, निर्णायक मण्डलका राजु केसी लगायतले बोलेका थिए ।


प्रतियोगितासँगै जेसीजको सप्ताहव्यापी कार्यक्रम पनि सकिएको छ । समापन कार्यक्रको उद्धाटन गर्दै प्रमुख अथिति गण्डकी प्रदेशका भौतिक पूर्वाधार, शहरी विकास तथा यातायात मन्त्री कुमार खड्काले जेसीजले शिक्षा क्षेत्रमा समेत योगदान पुर्‍याउनु पर्ने बताए । कार्यक्रममा जेसीज गणेश गिरीले वृत्तचित्र प्रस्तुत गरेका थिए । कार्यक्रम मूल संयोजक कुशल पौडेलले कार्यक्रमबारे जानकारी गराएका थिए ।

Advertisement


कार्यक्रममै कालिका उच्च मावि रामबजार कक्षा ८ मा अध्ययनरत मनिता बोहरालाई छात्रवृत्ति स्वरुप १३ हजार रुपैयाँ सहयोग गरिएको छ । छिमेकी जिल्लाका जेसीज शाखालाई नगद सहयोग समेत कार्यक्रमबाट नै गरिएको छ । कार्यक्रममा कृषि विकास बैंक गण्डकीका निर्देशक घनेन्द्र अधिकारी, जेसीजका कानुनी सल्लाहकार गोविन्द देवकोटा लगायतले बोलेका थिए । कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष मिनराज खड्काले गरेका थिए भने कार्यक्रम सञ्चालन प्रकाश घिमिरेले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया