माछापुच्छ्रे १ मा सार्दिखोलाको सेवा केन्द्र

समाधान संवाददाता २०७९ भदौ २४ गते १६:२५

पोखरा ।
माछापुच्छ्रे गाउँपालिका २ को सार्दिखोला बचत तथा ऋण सहकारी संस्थाले माछापुच्छ्रे १ टुसेमा सेवा केन्द्र स्थापना गरेको छ । सेवा केन्द्रको उद्धाटन माछापुच्छ्रे १ का वडाध्यक्ष इन्द्र गुरुङले गरेका छन् । उद्धाटनमा बोल्दै गुरुङले सहकारीको प्राण नै बचत भएकाले सदस्यहरुलाई नियमित बचत गर्न आग्रह गरे ।


उक्त अवसरमा समेत सहकारीले शारदा माविमा अध्ययनरत दुई जना छात्रछात्रालाई जनही ५ हजारका दरले छात्रवृत्ति प्रदान गरेको सहकारीका प्रमुख कार्यकारी अधिकृत गोबिन्दराज आचार्यले जानकारी दिए । सहकारीका अध्यक्ष सर्वजीत गुरुङको अध्यक्षतामा सम्पन्न कार्यक्रममा समाजसेवीहरु आशकुमार गुरुङ, वीरेन्द्र गुरुङ, सरोज गुरुङ, मेघबहादुर गुरुङले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया