वृद्धाश्रममा फिस्टेलका विद्यार्थी

समाधान संवाददाता २०७९ भदौ २४ गते १७:१५

पोखरा ।

पोखरा महानगरपालिका १७ को पोखरा वृद्धाश्रमलाई फिस्टेल एकेडेमीका विद्यार्थीले सहयोग गरेका छन् । वृद्धाश्रमका ४० जनालाई विद्यार्थीले बुधबार फलफूल र खाजा सामग्री सहयोग गरेका हुन् ।

विद्यार्थीलाई समाजप्रति उत्तरदायी बनाउन र मानवताको भावना विकास गराउन आश्रमको अवलोकनसँगै सहयोग सामग्री लिएर पुगेको विद्यालयका मिडल स्कुल संयोजक कमल लामिछानेले बताए ।

Advertisement

वृद्धाश्रमको अवलोकनपछि त्यहाँको अवस्था र वृद्धवृद्धाहरुसँगको कुराकानीले आफूलाई भावुक बनाएको कक्षा ८ मा अध्ययनरत विद्यार्थी विश्वास रानाभाटले बताए ।

Advertisement

तपाईको प्रतिक्रिया