एकीकृत समाजवादी कास्की अध्यक्षमा हमाल

समाधान संवाददाता २०७९ भदौ २५ गते १७:४१

पोखरा ।
नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) कास्की अध्यक्षमा खड्ग हमाल चयन भएका छन् ।

जिल्ला कमिटिको शनिबारको बैठकबाट हमाललाई अध्यक्ष चयन गरिएको जिल्ला कमिटि सचिव होम नेपालीले बताए । हमाल यसअघि जिल्ला कमिटि उपाध्यक्ष थिए ।

कार्यकारी राष्ट्रिय पद भएकाले पार्टीको प्रमुख पद नपाइने पार्टीको विधान अनुसार अध्यक्ष परिवर्तन गरिएको हो । जिल्ला कमिटि अध्यक्ष धनराज आचार्य गएको स्थानीय तहको निर्वाचनमा पोखरा महानगरपालिका मेयरमा निर्वाचित भएका थिए । उपाध्यक्षमा उपसचिव पूर्ण लामालाई चयन गरिएको छ ।

Advertisement

तपाईको प्रतिक्रिया