राप्रपा मुस्ताङले लगायो उम्मेदवारको टुंगो

सुन्दरकुमार थकाली २०७९ भदौ २७ गते १२:५१

जोमसोम ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले आगामी संघ तथा प्रदेश निर्वाचनका लागि मुस्ताङमा प्रत्यक्ष तथा समानुपातिक उम्मेदवारको नाम टुंगो लगाएको छ । जिल्ला कार्यसमिति मुस्ताङको गत हप्ता बसेको बैठकले संघीय निर्वाचनतर्फ पार्टीका जिल्ला अध्यक्ष गुञ्ज हिराचनलाई प्रत्यक्षतर्फको उम्मेदवारका रुपमा केन्द्र र प्रदेशमा सिफारिस गरेको हो ।

हिराचन पूर्वमन्त्री नरप्रसाद हिराचनका माइला छोरा हुन् । नरप्रसाद पञ्चायतकालिन नेता हुन् । पिताको निधनपछि पार्टी अध्यक्ष गुञ्ज हिराचन र छोरी कल्पना हिराचनले बुवाको विरासत जोगाउन लागि परेका छन् । यस्तै, राप्रपा मुस्ताङले जिल्ला कार्यसमितिका अजित थकालीलाई संघीय समानुपातिकतर्फ सिफारिस गरेको छ ।

Advertisement

दुई प्रादेशिक निर्वाचन क्षेत्र रहेको मुस्ताङमा प्रदेश ‘क’ बाट दानियल गुरुङ र प्रदेश ‘ख’ बाट मार्फाकी कमला लालचनलाई प्रत्यक्षतर्फको उम्मेदवार सिफारिस गरिएको पार्टी सचिव अजित थकालीले बताए ।

प्रदेश ‘ख’की उम्मेदवार कमला लालचन गत वैशाख ३० गते भएको स्थानीय तह निर्वाचनमा उम्मेदवारी दिएकी थिइन् । हिराचन पूर्व मन्त्री नरप्रसाद हिराचनकी छोरी हुन् ।

Advertisement

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया