मुस्ताङ दार्शनिक पृष्ठभुमी बोकेको जिल्ला हो: कुलपती उप्रेती

सुन्दरकुमार थकाली २०७९ असोज ४ गते १४:२०

जोमसोम ।
मुस्ताङ दार्शनिक पृष्ठभुमी बोकेको जिल्ला भएको नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेतीले बताएका छन् । नेपाल प्रज्ञा प्रतिष्ठानद्धारा जरा फाउन्डेसन नेपालसँगको सहकार्यमा सोमबार मुस्ताङको कोवाङमा आयोजित मुस्ताङ वाङ्मय संङ्गोष्ठीमा कुलपती उप्रेतीले सो धारणा व्यक्त गरेको हुन् । उनले नेपालको वाङ्मय क्षेत्रको विकासमा कवि भूपि शेरचन कालजयी स्रष्ठाको रुपमा स्थापित रहेको बताए ।

‘मुस्ताङले वाङ्मय क्षेत्रको यस्तो सपुत जन्माएको छ, जसले युगयुगान्तरसम्म बिर्सन सकिदैन, कुलपती उप्रेतीले भने,‘ मुस्ताङको माटो र हावापानीमा भूपीकै योगदानले साहित्यिक सुगन्ध पैदा गराईदिन्छ ।’ कुलपती उप्रेतीले कवि भूपि शेरचनले बढाईदिएको साख र गरिमालाई कालान्तरसम्म जोगाईराख्न नव पुस्ताहरुले वाङ्मय क्षेत्रलाई पछ्याईरहनु पर्नेमा जोड दिए ।

मुस्ताङ जिल्ला आर्थिक, सामाजिक र आफैमा सामथ्र्य भएको जिल्लाको रुपमा रहेको उल्लेख गर्दै उप्रेतीले यहाँका धार्मिक ,सास्कृतिक सभ्यता र ऐतिहाँसिक विषय वस्तुलाई साहित्य सृजनामा रुपान्तरण गर्नुपर्ने बताए ।वाङ्मय क्षेत्रमा महत्वपूर्ण पृष्ठभुमी बोकेको जिल्लामा साहित्य र संस्कृतिको विकास नजिकबाट नियाल्दै भूपि शेरचनप्रति सम्मान व्यक्त गर्न देशभरका साहित्यिक सर्जक मुस्ताङ आएको उनको भनाई छ ।

Advertisement

कार्यक्रममा जरा फाउन्डेसन नेपालका अध्यक्ष कृष्णप्रसाईले नेपाली भाषा, साहित्य, कला संस्कृति लगायतको विभिन्न बिषयको उत्थानमा जरा फाउन्डेसनले स्वदेश तथा विदेशीमा विभिन्न गतिविधि संञ्चालन गर्ने गरेको बताए । फाउन्डेसनले स्रष्टा र कलाकारबीचको भातृत्व विकास गर्दै नव प्रतिभाहरुको अन्तरनिहित प्रतिभा प्रष्फुटन गर्न लागि परेको अध्यक्ष प्रसाईले बताए । फाउन्डेसनले वाङमय क्षेत्रको विकास र समुत्थानका लागि संयुक्त राष्ट्रसंघ, युरोपेली युनियन र अमेरिकन संस्थाहरुसंग आवद्ध रहेको अध्यक्ष प्रसाईको भनाई छ ।

भूपि स्मृति थाक पुस्तकालयमा स्थापक अध्यक्ष बशन्त शेरचनले मुस्ताङमा शैक्षिक विकासका साथै वाङ्मय साहित्यिक शिक्षा अपरिहार्य रहेको औल्याए । ‘हामीले इतिहास सम्झदै गर्व गछौं तर पछ्याउन सक्तैनौं, अध्यक्ष शेरचनले भने, ‘भूपि शेरचनको गरिमालाई चिरस्थायी गराउन मुस्ताङमा वाङ्मय क्षेत्रको समुत्थानमा जोड दिनु पर्ने बताए । यसका लागि भूपि स्मृती थाक पुस्तकालयले बर्सेनि विभिन्न साहित्यिक गतिविधि संञ्चालन गर्ने गरेको उनले जनाए ।

Advertisement

मुस्ताङ नेपालका ७७ जिल्ला मध्ये विशेष र फरक जिल्ला रहेको उल्लेख गर्दै शेरचनले जनयुक्तमा समेत मुस्ताङ जिल्ला शान्तिपूर्ण रहेको स्मरण गरे । नेपाल प्रज्ञा प्रतिष्ठानद्धारा जरा फाउन्डेसनको आयोजना र भुपि स्मृती थाक पुस्तकालयको समन्वयमा आयोजित बाङ्मय सङ्गोष्ठीमा प्राज्ञ समालोचक षडानन्द पौडेलले यानीमाया लोकगीत र मुस्ताङ संगको सम्वन्धका बिषयमा कार्यपत्र पेश गरे । यस्तै, वरिष्ठ दर्शन शास्त्री रामराज रेग्मीले मुस्ताङको धार्मिक,सास्कृतिक र ऐतिहाँसिक बिषय वस्तु समेटिएको कार्यपत्र पेश गरेका थिए ।

कार्यपत्र उपर विभिन्न साहित्यिक स्रष्ठाहरुले टिप्पणी गरे । मुस्ताङमा आयोजित वाङ्मय संङ्गोष्ठीमा नेपालका प्रसिद्ध वाङ्मय स्रष्ठाहरुले आफ्नो सृजना सुनाए । सो क्रममा स्थानीय नवप्रतिभाहरुले समेत आफ्नो रचन बाचन गरेका थिए भने कार्यक्रममा गीतसंगित समेत देखाईएको थियो । कार्यक्रममा विभिन्न स्रष्ठाहरुलाई कुलपती गंगाप्रसा उप्रेती लगायतको टोलीले प्रमाणपत्रले सम्मान गरे ।

पुख्र्याैली थाक थलो मुस्ताङमा जन्मिएका कवि भूपि शेरचनप्रति सम्मान व्यक्त गर्दै स्थानीय स्तरको वाङ्मय विकास अवस्था बुझ्न नेपालका प्राज्ञिक टोली मुस्ताङ आएका हुन् । टोलीमा कुलपती उप्रेती सहित जरा फाउन्डेसनका कृष्ण प्रसाई, प्राज्ञहरु जगतप्रसाद उपाध्याय, होमनाथ पौडेल, देवी,षडानन्द पौडेल, रामराज रेग्मी, देषेन्द्र केशी लगायतको टोली मुस्ताङ आएका हुन ।

यसअघि भूपिको पुख्र्याैली थलो मुस्ताङ आएका प्राज्ञिक टोलीले थाक पुस्तकालयको अवलोकन गरे । सो अवसरमा उनीहरु त्यहाँ राखिएको आगन्तुक पुस्तिकामा हस्ताक्षर गरे ।

सुन्दरकुमार थकाली

थकाली समाधान दैनिकका मुस्ताङ संवाददाता हुन्  

तपाईको प्रतिक्रिया