रामचन्द्र पौडेलविरुद्ध गोविन्दराज जोशीको उम्मेदवारी

समाधान संवाददाता २०७९ असोज २३ गते १२:३३

पोखरा ।

कांग्रेसका पूर्व सहमहामन्त्री गोविन्दराज जोशीले प्रतिनिधिसभा निर्वाचनका लागि तनहुँबाट १ बाट उम्मेदवारी दर्ता गराएका छन् ।
उनले पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलविरुद्ध उम्मेदवारी दर्ता गराएका हुन् । उनको प्रस्तावक रामदेव पन्थ छन् भने समर्थनमा कृष्ण सोती छन् ।


जोशीले अघिल्लो निर्वाचनमा पनि उम्मेदवारी दर्ता गराएपनि निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज भएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया