लमजुङमा पृथ्वीसुब्बा र देव गुरुङबीच भिडन्त

समाधान संवाददाता २०७९ असोज २३ गते १५:०३

पाेखरा ।

सम्भवत याे निर्बाचनकाे सबै भन्दा ठुलाे भिडन्त लमजुङ जिल्लामा हुने भएकाे छ । सत्ता गठबन्धन र विपक्षी दलका ठुला नेता एक आपसमा भिड्ने जिल्ला लमजुङ बन्दैछ ।

नेकपा एमालेका उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र सत्ता गठबन्धनकाे तर्फबाट नेकपा माओवादी केन्द्रका महासचिव देव गुरुङ एक अर्काका प्रतिद्वन्दी भएका छन् । सत्ता गठबन्धनकाे तर्फबाट देव गुरुङले उमेद्वारी दर्ता गराइसकेका छन् भने एमालेका उमेद्वार पृथ्वीसुब्बा गुरुङले उमेद्वारी दर्ता गर्दै छन् ।

Advertisement

हिजाे राती काठमाण्डाैंबाट पाेखरा आएका गुरुङ आज दिउसाे मात्र लमजुङ पुगेका थिए । केही क्षण एमाले जिल्ला पार्टी कार्यालयमा कार्यकर्तासँग भेटघाट गरेका गुरुङले पार्टीकाे निर्णय बमाेजिम संघमा निर्बाचन लड्ने जानकारी गराएका थिए ।

०७४ काे निर्बाचनमा देव गुरुङ र पृथ्वीसुब्बा गुरुङ एउटै टिमबाट निर्बाचन लडेका हुन् । संघमा देव गुरुङ र प्रदेशमा पृथ्वीसुब्बा गुरुङकाे जाेडीले प्रभावशाली जित हात पारेकाे थियाे ।

Advertisement

तर अहिले यी दुवै जना एक अर्काका प्रतिस्पर्धी भएका छन् । देव गुरुङलाई सत्ता गठबन्धनकाे साथ छ । प्रदेश सभाका दुवै क्षेत्रमा कांग्रेसले टिकट पाएकाे छ । प्रदेशमा ‘क’ बाट कांग्रेसका जिल्ला सभापति टकराज गुरूङ र ‘ख’ मा पूर्व-जिल्ला सभापति भेषबहादुर पौडेलले टिकट पाएका छन्। भने एमालेले क बाट जमिन्द्रमान घले र ख बाट कृष्ण अधिकारीलाई टिकट दिएकाे छ ।

तपाईको प्रतिक्रिया