तनहुँमा सबै क्षेत्रमा नेकपा एसको उम्मेदवारी

समाधान संवाददाता २०७९ असोज २४ गते १०:५६

पोखरा ।
गठबन्धनको सहमति विपरीत नेकपा एकीकृत समाजवादीका नेताले प्रदेश सभा निर्वाचन क्षेत्रमा उम्मेदवारी दिएका छन् । सत्ता गठबन्धनले सिट बाँडफाँट गर्दा तनहुँमा आफ्नो पार्टीलाई टिकट नदिएको भन्दै तनहुँका ४ वटै प्रदेश सभा निर्वाचन क्षेत्रमा उनीहरुले उम्मेदवारी दिएका हुन् ।

तनहुँ क्षेत्र नम्बर १ कमा विद्या ढकालले उम्मेदवारी दिएकी छन् । १ खमा कलिला खान उम्मेदवार बनेकी छन् । तनहुँ क्षेत्र नम्बर २ कमा दुर्गाकुमार श्रेष्ठ र २ ख मा प्रतापलाल श्रेष्ठले मनोनयन गरेका छन् ।

केन्द्रबाट सहमति भए बमोजिम तनहुँमा माओवादी केन्द्र र नेपाली कांग्रेसले सिट पाएका छन् । तनहुँ १ ख मा प्रदेशका पूर्व कानुन मन्त्री हरिबहादुर चुमानले माओवादीबाट, माओवादीकै राजेन्द्रकेशरी न्यौपानेले तनहुँ प्रदेश सभा निर्वाचन क्षेत्र नम्बर २ कमा उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसबाट २ खमा जीतप्रकाश आले र १ मा अशोककुमार श्रेष्ठ उम्मेदवार छन् ।

Advertisement

तपाईको प्रतिक्रिया