नवौँ राष्ट्रिय खेलकुद: नवलपुरमा २ खेल हुने

समाधान संवाददाता २०७९ असोज २५ गते ११:०७

पोखरा ।
नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिता अन्र्तगत नवलपुरमा २ खेल हुने भएका छन् । यही असोज २८ गते कास्कीको पोखरामा उद्घाटन समारोह तय गरिएकाले २ खेल नवलपुरमा खेलाइने तय भएको हो ।

प्रतियोगितामा समावेश भएका ३६ खेलमध्ये नवलपरासी (बर्दघाट सुस्तापूर्व ) नवलपुरमा कुस्ती र सेपाताक्रो खेल हुन लागेको जिल्ला खेलकुद विकास समितिका अध्यक्ष सेतमान पुनले जानकारी दिए । नवलपुर सदरमुकाम कावासोतीमा दुवै खेल खेलाइने छन् ।

सेपाताक्रो कावासोती २ स्थित योङ स्टार क्लबको कभर्डहलमा असोज २९ देखि कात्तिक २ गतेसम्म सञ्चालन हुनेछ । सेपाताक्रो खेलमा देशभरबाट ९८ खेलाडी सहभागी हुने पुनले बताए ।

Advertisement

यसैगरी नवौँ राष्ट्रिय खेलकुद अन्र्तगत कुस्ती प्रतियोगिता कावासोती १६ डण्डास्थित थारू संग्रहालय परिसरमा सञ्चालन हुने अध्यक्ष पुनले जानकारी दिए । कुस्तीमा देशभरबाट १ सय ५८ खेलाडी सहभागी हुने छन् । दुवै स्थानमा प्रतियोगिताको तयारी जारी छ । दुवै खेलको बन्द प्रशिक्षण नवलपुरमा चलिरहेको छ ।

सेपाताक्रो गण्डकी प्रदेशका प्रशिक्षक जनार्दन पौडेलका अनुसार अहिले कावासोतीमा गण्डकी प्रदेशका खेलाडीको बन्द प्रशिक्षण जारी छ । कुस्तीमा भाग लिने गण्डकी प्रदेशका खेलाडीको बन्द प्रशिक्षण भने त्रिवेणीमा चलिरहेको छ ।

Advertisement

तपाईको प्रतिक्रिया