जनमोर्चालाई अस्तित्व जोगाउने चुनौती

सञ्जय रानाभाट २०७९ असोज २६ गते १०:४१
{"caption":"u092bu093eu0907u0932 u0924u0938u094du092cu093fu0930","photographer":"","alt_text":""}

पोखरा ।
पाँच दलीय गठबन्धनको सबैभन्दा सानो दल राष्ट्रिय जनमोर्चालाई आसन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा आफ्नो अस्तित्व जोगाउन चुनौती छ । गठबन्धनबाट देशभरि प्रतिनिधि सभाका लागि २ सिट पाएको जनमोर्चाले गण्डकी प्रदेशको बागलुङमा १ सिट पाएको छ । यहाँबाट जनमोर्चाका केन्द्रीय अध्यक्ष चित्रबहादुर केसीले उम्मेदवारी दर्ता गरेका छन् ।

भागवन्डामा पाएका २ सिटमा पनि जनमोर्चाले सत्तारुढ गठबन्धनकै दलहरुमा चरम असन्तुष्टि झेल्नुपरेको छ । वागी उम्मेदवारी परेको छ । असन्तुष्टि व्यवस्थापन भएन भने र जित निस्केन भने संसदमा उसको अस्तित्व असम्भव नै हुनेछ । त्यसैले यो चुनाव चित्रबहादुर केसीको लागिमात्रै नभई सिंगो पार्टीका लागि अस्तित्वको लडाइँ भएको छ । जनमोर्चाबाट प्यूठानमा दुर्गा पौडेल प्रतिनिधि सभा सदस्य उम्मेदवार छिन् । त्यहाँ कांग्रेसका नेताहरुले उनलाई भोट नमाग्ने सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् ।

बागलुङ १ मा चित्रबहादुर केसीसहित ७ जनाको उम्मेदवारी दर्ता भएको छ । उनको मुख्य प्रतिस्पर्धी भने नेकपा एमालेका उम्मेदवार देखिएका छन् । एमालेबाट यहाँ केन्द्रीय सदस्य डा सूर्य पाठकले उम्मेदवारी दर्ता गरेका छन् । यस्तै, राष्ट्रिय स्वतन्त्र पार्टीका खिमानन्द कँडेल, नेपाली कांग्रेस (बिपी) का शिवलाल सापकोटा, राष्ट्रिय प्रजातन्त्र पार्टीका लक्ष्मी सापकोटा पनि मैदानमा छन् ।

Advertisement

केसीविरुद्ध सत्ता गठबन्धनका नेताहरुले नै स्वतन्त्र उम्मेदवारी दर्ता गरेका छन् । केसीको विरुद्धमा कृष्णशंकर श्रेष्ठ र चन्द्रबहादुर क्षेत्रीले स्वतन्त्र रुपमा उम्मेदवारी दिएका छन् । श्रेष्ठ गठबन्धनका बागी उम्मेदवार हुन् । श्रेष्ठ नेपाली कांग्रेसका पूर्व जिल्ला कोषाध्यक्ष हुन् । क्षेत्री भने यहाँको आदर्श माविका शिक्षक हुन् ।

सत्ता गठबन्धनबाट बागी उम्मेदवार पर्दा अस्तित्वको लडाइँमा रहेका केसीलाई यो चुनाव कठिन हुने देखिन्छ । बागलुङका लागि केसी नयाँ अनुहार भने होइनन् । ०५६ र ६४ मा सांसद बनेको उनी दोस्रो संविधान सभाका समानुपातिक सांसद हुन् । उनलाई यसपटक नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, राष्ट्रिय जनमोर्चा र नेकपा (एकीकृत समाजवादी) साथ दिएका छन् ।

Advertisement

सत्ता गठबन्धनमै सामेल दल कांग्रेस नेता कृष्णशंकर श्रेष्ठले नै बागलुङ क्षेत्र नम्बर १ मा बागी उम्मेदवारी दर्ता गराएपछि गठबन्धनका शीर्ष नेताहरु चित्रबहादुर केसीलाई प्रभाव पर्ने देखिन्छ । पूर्व जिल्ला कोषाध्यक्ष श्रेष्ठले बागी उम्मेदवारी दिनुले केसीको मत काट्न सक्ने आकलन कांग्रेस नेताहरुकै छ ।

स्थानीय तहको मत
वैशाख ३० गते भएको स्थानीय तहको निर्वाचनमा बागलुङ १ का वडाहरुमा गठबन्धनका दलले ३० हजार मत प्राप्त गरेका थिए । नेकपा एमालेले २१ हजार ९ सय र स्वतन्त्र उम्मेदवारले ३ हजार ९ सय मत ल्याएका थिए । कांग्रेस एक्लैले १९ हजार मत ल्याएको छ । यसरी गठबन्धनले साथ दिँदा केसीलाई जित निकाल्न सहज देखिन्छ ।

तर, सत्ता गठबन्धनको बलियो दल नेपाली कांग्रेसका पूर्व जिल्ला कोषाध्यक्षले बागी उम्मेदवार दिँदा केसीको मत काटेर चुनाव जित्ने बागी श्रेष्ठको दाबी छ । उनी आफू जित्ने विश्वास व्यक्त गर्छन् । ‘मैले चित्रबहादुरसँग प्यारलल मत ल्याउँछु,’ उनले भने । उम्मेदवारी पछि चित्रबहादुर केसीलाई अप्ठेरो स्थिति सिर्जना उनले बताए । ‘म उठें भने त उहाँलाई अप्ठेरै उकालो चढ्नुपर्ने अवस्था बन्छ,’ उनले भने ।

जनमोर्चाकै नेतृ तथा गण्डकी प्रदेशसभाकी संस्थापक सांसद पियारी थापा बागलुङमा जनमोर्चालाई अप्ठेरो नपर्ने बताउँछिन् । ‘पार्टीको निर्णय विपरीत जानु भएन, गइहाले पनि ब्याक हुनुपर्छ नै । त्यही पनि कसैको बागीले बागलुङमा जनमोर्चालाई अप्ठेरो पर्ने भन्ने हुँदैन,’ उनले भनिन् ।

सञ्जय रानाभाट

रानाभाट समाधानन्युज डटकम र समाधान दैनिकका संवाददाता हुन् ।

तपाईको प्रतिक्रिया