महिला भलिबलमा गण्डकीको विजयी सुरुआत

समाधान संवाददाता २०७९ असोज २८ गते ११:१८

म्याग्दी ।
नवौं राष्ट्रिय खेलकुद अन्तरगत म्याग्दीको सदरमुकाम बेनीमा भएको महिला भलिबल प्रतियोगितामा गण्डकी प्रदेशले विजयी सुरुवात गरेको छ । गण्डकी प्रदेशले सुदुरपश्चिम प्रदेशलाई सोझो ३–० सेटमा पराजित गर्दै विजयी सुरुवात गरेको हो ।

भलिबलप्रेमी दर्शकको भिडका बीच भएको गण्डकीले सुदुरपश्चिम प्रदेशमाथि २५–१८, २५–०८, २५– २२ को जित निकालेको छ । गण्डकी प्रदेशको कप्तानी राष्ट्रिय महिला भलिबल टिमकी कप्तान अरुणा शाहीले गरेकी थिइन् भने सुदुरपश्चिम प्रदेशको कप्तानी बलारती जोशीले गरेकी थिइन् ।

महिला भलिबलमा सात प्रदेश ३ विभागीय नेपाली सेना, सशस्त्र प्रहरी र नेपाल प्रहरीका टिमका खेलाडीको सहभागिता थियो । शुक्रबार महिला भलिबल अन्तर्गत ३ खेल हुँदै छन् । असोज २८ गते शुक्रबार बिहान ८ बजे समूह १ को शसस्त्र प्रहरी र कर्णाली प्रदेश, १० बजे समूह २ को बाग्मती र प्रदेश १ र २ बजे तेस्रो समूहको नेपाल पुलिस क्लब र लुम्बिनी बीच हुने महिला भलिबल प्रतियोगिताका संयोजक यामबहादुर गुरुङले जानकारी दिए ।

Advertisement

महिला भलिबल र तेक्वान्दोको जिल्ला खेलकुद विकास समितिका प्रमुख राजकुमार थापाले उद्घाटन गरेका थिए । खेलाडीको स्वागतमा बेनी बजारमा बाजागाजा, झाँकीसहितको र्‍याली निकालिएको थियो ।

Advertisement

तपाईको प्रतिक्रिया