महिला फुटबलमा गण्डकी विजयी

समाधान संवाददाता २०७९ असोज २८ गते १६:१७

स्याङ्जा ।
गण्डकी प्रदेशले नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला फुटबलमा विजयी सुरुवात गरेको छ ।
वालिङमा जारी प्रतियोगिता अन्र्तगत दोसो खेलमा गण्डकीले कर्णाली प्रदेशलाई ३–० गोल अन्तरले पराजित गरेको हो । खेलको ३३ औ मिनेटमा गण्डकीकी शान्ती नेपालीले पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाएकी थिईन् ।

त्यस्तै खेलको ५८ औँ र ६६ औँ मिनेटमा उदया थापाले दोस्रो र तेस्रो गोल गरिन ।

Advertisement

तपाईको प्रतिक्रिया