पुरुष ह्यान्डबलमा गण्डकीलाई स्वर्ण

समाधान संवाददाता २०७९ असोज ३० गते ११:०५

पोखरा ।
गण्डकी प्रदेशले पुरुष ह्यान्डबलतर्फ पहिलो स्वर्ण पदक जितेको छ । आठौं राष्ट्रिय खेलकुदको इतिहास दो¥हाउँदै गण्डकीले ह्यान्डबलमा स्वर्ण पदक जितेको हो । शनिबार भएको फाइनल खेलमा गण्डकीले विभागीय आर्मीलाई ४३–३६ ले पराजित गर्दै स्वर्ण हात पार्‍यो ।

स्वर्ण जितेसँगै पोखरामा जारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा नै गण्डकीले पहिलो स्वर्ण जितेको हो । फाइनल खेलमा उत्कृष्ट खेल प्रदर्शन गरेका पुरुषतर्फ गण्डकीका गोलरक्षक विशाल नेपाली र आर्मीकी देवु सापकोटालाई गण्डकी प्रदेशका निवर्तमान सदस्य सचिव तेज गुरुङ र भारतीय ओलम्पिक कमिटी कोषाध्यक्ष आनन्देश्वर पाण्डेले जनही नगद १० हजार नगद प्रदान गरेका थिए ।

विभागीय आर्मीले रजत पदक जितेको छ । विभागीय सशस्त्र एपीएफले कास्य पदक जितेको छ । एपिएफले शनिबार बिहान तेस्रो स्थानका लागि भएको खेलमा लुम्बिनीलाई ३५–१३ ले हराउँदै कास्य पदक जितेको हो ।
२०४० सालमा पोखरामा भएको दोस्रो राष्ट्रिय खेलकुदमा समेत गण्डकीले स्वर्ण पदक हात पारेको थियो ।

Advertisement

महिला ह्यान्डबलमा आर्मीलाई स्वर्ण
नवौं राष्ट्रिय महिला ह्यान्डबलमा विभागीय आर्मीले स्वर्ण पदक जितेको छ । आर्मीले अर्को विभागीय क्लब एपिएफलाई १७–१६ ले हराउँदै स्वर्ण पदक जितेको हो ।

एपिएफले रजत पदक जितेको छ । गण्डकी प्रदेशले कास्य पदक जितेको छ । शनिबार बिहान तेस्रो स्थानका लागि भएको खेलमा गण्डकीले प्रदेश–१ लाई २२–७ ले हराउँदै कास्य पदक जितेको हो ।

Advertisement

तपाईको प्रतिक्रिया