रिलेमा आर्मी र एपिएफलाई उपाधि

समाधान संवाददाता २०७९ कार्तिक ३ गते ११:४७

पोखरा ।
महिला ४ सय मिटर रिले दौडमा आर्मीले स्वर्ण पदक जितेको छ । आर्मीले गण्डकी प्रदेशलाई पछि पार्दै स्वर्ण पदक जित्यो । आर्मीका लागि रमिता गुरुङ सरस्वती चौधरी, जयरानी थारु र निर्मला थापाले ४९.६० सेकेन्डमा दूरी पार गरे ।

गण्डकीका लागि मसिना अधिकारी, अनिसा भण्डारी, सविना खातुन मिया र निशा घर्तीले ५२.७५ सेकेन्डमा पार गर्दै रजत पदक पाए । बागमतीका लागि रजिता दुलाल, स्वगता खाइजु, प्रकृति सुवाल र लुजना आमात्यले ५२.७६ सेकेन्डमा दूरी पूरा गर्दै कास्य पदक जितेका छन् ।

पुरुष ४ सय मिटर रिले दौडमा एपिएफले स्वर्ण पदक जितेको छ । एपिएफका निरप्रताप महतो, आशीष चौधरी, शिवराज पार्की र चन्द्रबहादुर पुलामीमगरले ४२.४४ सेकेन्डमा पूरा गर्दै स्वर्ण पदक जितेका हुन् ।

Advertisement

आर्मीका जीवन चौधरी, विवश थारु, युवराज विक र डिल्ली भण्डारीले ४२.६० सेकेन्डमा दूरी पुरा गर्दै दोस्रो बने । लुम्विनी प्रदेशका सीमान पाण्डे, सुजल डाँगी, रोशन थारु र तुल्सीराम थारुले कास्य पदक पाए ।

Advertisement

तपाईको प्रतिक्रिया