ट्राइयाथलनमा आर्मी र एपिएफलाई स्वर्ण

समाधान संवाददाता २०७९ कार्तिक ३ गते ११:५३

पोखरा ।
नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत ट्राइयथलन प्रतियोगितामा नेपाल आर्मी र सशस्त्र प्रहरी बलको एपिएफ क्लबले १/१ वटा स्वर्ण जितेका छन् । गण्डकी प्रदेशको राजधानी पोखरामा भएको ट्राइयथलन प्रतियोगितामा पुरुषतर्फ नेपाल आर्मीका वसन्त थारु र महिलातर्फ एपिएफकी सोनी गुरुङले स्वर्ण पदक जितेका हुन् ।

पुरुषतर्फ निर्धारित २० किमी साइक्लिङ, ७ सय ५० मिटर पौडी र ५ किमी दौड १ घण्टा ९ मिनेट ४३ सेकेन्डमा पार गर्दै आर्मीका थारुले स्वर्ण पदक जितेका हुन् । महिलातर्फ भने निर्धारित दूरी १ घण्टा १६ मिनेट २८ सेकेन्डमा पार गर्दै एपिएफकी सोनी गुरुङले स्वर्ण पदक जितेकी हुन् ।

प्रतियोगिताको पुरुषतर्फ निर्धारित दुरी १ घण्टा १० मिनेट ५ सेकेन्डमा पार गर्दै आर्मीकै दीपेश चौधरीले रजत पदक जिते भने नेपाल प्रहरीका मौलिक महर्जनले निर्धारित दूरी १ घण्टा १४ मिनेट ५६ सेकेन्डमा पार गर्दै काश्य पदकमा चित्त बुझाए ।

Advertisement

महिलातर्फ नेपाल प्रहरीकी श्रीवी महर्जनले १ घण्टा १९ मिनेट १५ सेकेन्डमा निर्धारित दूरी पार गर्दै रजत पदक जित्दा आर्मीकी केशरी थापाले १ घण्टा ३२ मिनेट २९ सेकेन्डमा पार गर्दै काश्य पदक जितिन् ।

Advertisement

तपाईको प्रतिक्रिया