सभ्य बजारका लागि खाद्य स्वच्छता जरुरीः कोइराला

समाधान संवाददाता २०७९ कार्तिक ६ गते ११:४७

पोखरा ।
पोखरामा शुक्रबार भएको एक कार्यक्रम गरी खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयहरुले प्रथम त्रैमासिकका गरेका कामको समीक्षा गरिएको छ ।

कार्यक्रममा उपभोक्ता मञ्च गण्डकी अध्यक्ष कपिलनाथ कोइरालाले सभ्य बजारका लागि खाद्य स्वच्छता जरुरी हुने बताए । उनले खाद्यको गुणस्तरबारे सधै चनाखो बन्नुपर्नेमा जोड दिँदै चाडपर्वका बेला अझ बढी सजगता चाहिने जनाए ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय कास्कीका निमित्त कार्यालय प्रमुख शिवजी बराले कार्यालयले पहिलो चौमासिकका गरेका कार्यबारे प्रकाश पारे । पोखरामा खाद्य प्रयोगशाला स्थापना भएकाले यो क्षेत्रको अनुगमन र खाद्य स्वच्छता कायम गर्न अब सहज हुने उनको भनाइ छ ।

Advertisement

कार्यक्रममा खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय बागुलङका प्राविधिक सहायक सहन्साकुमार मेहता, खाद्य अधिकृत दीपक कुँवर, पत्रकार कमल पौडेल ‘अथक’, शेषनाथ पौडेल, महेश बराल, प्रदीप काफ्ले, सबिना सुनार लगायतले बोलेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया