आदर्श सहकारीमा राजेन्द्रको नेतृत्व

समाधान संवाददाता २०७९ कार्तिक ६ गते १२:३७

पोखरा ।
आदर्श बचत तथा ऋण सहकारी पोखरा १३ आर्वाको शनिबार भएको १५ औं वार्षिक साधारण सभा तथा छैठौं अधिवेशनले राजेन्द्रप्रसाद बरालको अध्यक्षतामा सर्वसम्मत ९ सदस्यीय सञ्चालक समिति चुनेको छ ।

सहकारीको उपाध्यक्षमा लक्ष्मी देवकोटा, सचिवमा सूर्यप्रसाद बराल र कोषाध्यक्षमा वसन्तराज बराल छन् । सदस्यमा घनश्याम बराल, यज्ञप्रसाद बराल, तारानाथ सिग्देल, अनिता पहारी र लक्ष्मी सुवेदी बराल चुनिए । सहकारीको लेखा समिति संयोजकमा कृष्णराज बराल तथा सदस्यमा कृष्णप्रसाद बराल र सन्तोष बराल सर्वसम्मत बने ।

सभामा पोखरा १३ का वडाध्यक्ष किरण बरालले सहकारीको माध्यमबाट दिगो आर्थिक विकासमा ठूलो सहयोग पुग्ने बताए । उनले वडा कार्यालयबाट सहकारीको प्रगतिमा सहयोग गर्ने जनाए ।

Advertisement

कार्यक्रममा पोखरा महानगरपालिका वडानं १३ की वडा सदस्य रजनी परियार, सहकारीका संस्थापक अध्यक्ष कृष्णप्रसाद बराल, पत्रकार श्रीराम सिग्देल, सेयर सदस्य रामशरण बराल, सेयर सदस्य सुमित्रा बराल, उपाध्यक्ष लक्ष्मी देवकोटा, सचिव सूर्यप्रसाद बराल लगायतले बोलेका थिए ।

कर्यक्रम आदर्श बचत तथा ऋण सहकारीका अध्यक्ष राजेन्द्रप्रसाद बरालको अध्यक्षतामा भएको थियो ।

Advertisement

सभामा सेयर सदस्यका छोराछोरीमध्येबाट कक्षा १२ मा उत्कृष्ट अंक ल्याउने सौरभ सिग्देल र प्रदीप देवकोटालाई नगद, दोसल्ला तथा प्रमाणपत्रद्वारा सम्मानित गरियको थियो ।

८४ वर्ष उमेर पुगेका सेयर सदस्यका बुबा आमामध्ये सन्तुमाया बराल एवं असल कारोबार गर्ने सेयर सदस्य शिवप्रसाद बराल र असल बचतकर्ता केशबहादुर नेपालीलाई सम्मान गरिएको छ ।

तपाईको प्रतिक्रिया