एमाले पोखरा ७ वडा कमिटीको रक्तदान

समाधान संवाददाता २०७९ कार्तिक ६ गते १४:१६

पोखरा ।
नेपाल कम्युनिस्ट पार्टी नेकपा एमाले पोखरा ७ वडा कमिटीले रक्तदान कार्यक्रम गरेको छ । आइतबार पोखरा ७ मासबारमा निर्वाचन परिचालन सदस्यहरुले रक्तदान गरेका हुन् ।


पोखरामा रगतको अभावलाई परिपूर्ति गर्न रक्तदान गएिको वडा कमिटीका अध्यक्ष किशोर बरालले बताए । उनका अनुसार ३७ पिन्ट रगत संकलन गरिएको छ । नेपाल रेडक्रस सोसाइटी कास्कीका उपसभापति डण्डराज शर्मा प्रमुख अतिथिमा गरिएको कार्यक्रममा एमाले प्रदेश कमिटीका सदस्यहरु, जिल्ला कमिटीका सदस्यहरु, महानगर कमिटीका सदस्यहरु र वडा कमिटीका सदस्यले रक्तदान गरेका हुन् ।

कार्यक्रममको प्रमुख अतिथि शर्माले रगतको आभाव भइरहेको बेलामा कमिटीको सक्रियतामा रगत संकलन हुनु प्रशंसनिय रहेको बताए । कार्यक्रममा स्वागत मन्तव्य कमिटीका उपाध्यक्ष शारदा गिरीले गरेकी थिइन् । कमिटीका सचिव गणेश श्रेष्ठले गरेका थिए ।

Advertisement

तपाईको प्रतिक्रिया