बन्दुकको छर्रा लागेर महिला घाइते, एक जना पक्राउ

समाधान संवाददाता २०७९ कार्तिक ६ गते १९:५८

पोखरा ।
कास्कीमा बन्दुकको छर्रा लागेर एक जना महिला घाइते भएकी छन् । शनिबार बिहान साढे ८ बजेट कास्कीको माछापुच्छे« गाउँपालिका वडा नम्बर २ खैमराङमा घाँस काट्दै गरेकी महिला बन्दुकको छर्रा लागेर घाइते भएकी थिइन् ।


घटना लगत्तै जिल्ला प्रहरी कार्यालय कास्कीबाट खटिएको प्रहरीले साँझ एक जनालाई बन्दुक सहित पक्राउ गरेको कास्की प्रवक्ता तथा प्रहरी नायव उपरीक्षक सुन्दर तिवारीले बताए । उनका अनुसार घटना लगत्तै खटिएको प्रहरी टोलीले ती व्यक्तिलाई पक्राउ गरेको हो ।

Advertisement


पक्राउ पर्नेमा सोही वडाका २२ वर्षीय आइत सिंह तामाङ हुन् । उनको साथबाट एक नाले भरुवा बन्दुक फेला पारेको डिएपी तिवारीले बताए । तामाङलाई जिल्ला अदालत कास्कीबाट हातहतियार तथा खरखजाना सम्बन्धी कसुरमा ८ दिन म्याद थप गरी अनुसन्धान अगाडि बढाइएको तिवारीले बताए । घाइते महिलाको पोखरा स्थिति फिस्टेल अस्पतालमा उपचार भइरहेको डिएपी तिवारीले बताए । महिलाको अवस्था सामान्य रहेको तिवारीको भनाइ छ ।

Advertisement

तपाईको प्रतिक्रिया