बिजिबि टीमको लेकसाइडमा कोरियन रेष्टूरेन्ट

समाधान संवाददाता २०७९ कार्तिक ८ गते १३:५२

पोखरा ।


पोखराको लेकसाईडमा १५ नम्बर स्ट्रिटमा बिजिबि टीमले ‘बिजिबि कोरियन रेष्टूरेन्ट संचालनमा आएको छ । नेपालीहरुलाई कोरियन टेस्ट दिने उद्देश्ले पोखराको लेकसाडमा खुलेका यो रेष्टुरेन्टमा कोरियन परिकारहरु पाइन्छ ।

पर्यटकीय दृष्टिकोणले प्रसिद्ध पोखरामा कोरियन पर्यटकलाई पनि लक्ष्ति गरेर रेष्टुरेन्टको सुरुवात गरिएको सञ्चालक ज्याक तामाङले बताए । २०४५ सालमा बिम बिम रेष्टूरेन्टबाट पर्यटनमा लागेका तामाङले केही वर्ष बिजि बि क्याफेका रुपमा संचालन ल्याएका थिए । सोमबार क्याप्टेन विजय लामाले उद्घाटन गर्दै नेपाल जस्तो पर्यटनको संभावना पोखरामा भव्य तरिकाले कोरियन स्वाद पस्केकोमा तामाङलाई सुभकामना दिए । उनले पर्यटनको विकासको लागि एकतावद्ध हुन आवश्यक भएको बताए । पर्यटनसंग आवद्ध पर्यटन व्यवसायीलाई आन्तरिक पर्यटनलाई जति सक्यो धेरै प्रवर्धन गर्न सके रेष्टुरेन्ट सञ्चालमा सहयोग हुने उनको भनाइ छ ।

Advertisement

नेपाल पर्यटन बोर्डका पूर्व सदस्य तथा पर्यटन परिषदका पूर्व अध्यक्ष गणेश बहादुर भट्टराईले सरकारी बिल्लाधारीको कारण निसिम थापाको प्याराग्लाईडिङको दुर्घटनालाई लिएर उडान नै बन्द गरेर पर्यटकलाई धराममा पार्ने गतिविधिको अन्त्ये हुनुपर्ने बताए । ‘पर्यटकलाई चलायमान हुन दिनुपर्छ । पर्यटन व्यवसायीलाई आफ्नो व्यवसायी ढुक्क भएर गर्न दिनुपर्छ,’ उनले भने, ‘मुलुक भ्रटाचारी र अपराधिले खत्तम पारे । अब बिजिबि कोरियन रेष्टूरेन्ट जस्तो रेष्टुरेन्ट देश भरी खुल्नुपर्छ ।’


पर्यटन परिषदका अध्यक्ष पोमनारायण श्रेष्ठले बैंक, वित्तीय संस्थाहरुले ब्याजदर बढेर आफूहरुले व्यवसायी गर्न अप्ठ्यरो परेको बताए । उनले व्यासाय धरापमा परे रोजगार सृजना कहाँ हुने उनको प्रश्न थियो । यसअघि कार्यक्रमलाई बिजिबि टीमका सदस्य सुनिल भट्टराईले सहभागिलाई स्वागत गरेका थिए । सो अवसरमा उनले आफ्नो टीमले हाल बिजि बि क्याफे, रिसोर्ट संचालन गरिरहेको अवश्थामा कोरियन रेष्टुरेन्ट संचलनमा ल्याएको र निकट भविष्यमा काठमाडौं ठमेलमा बिजि बि क्याफे संचालनमा लाईने बताए । साथै उनले नेपाल प्रमुख शहरहरुमा बिजिबिका शाखाहरु बनाउने लक्ष्य रहेको जानकारी दिए ।

Advertisement

तपाईको प्रतिक्रिया